logo

मधेशकेन्द्रीत दलसंग तालमेल हुन सक्ने एमाले नीति

      3/31/2017 गते 00 00 मा प्रकाशित     1163   पटक पढिएको

काठमाडौं१८ चैत । नेकपा एमालेले स्थानीय तहको चुनावमा कांँग्रेसलाई रोक्न आफ्नो राजनीतिक गतिविधिलाई निषेध गरेका मधेश केन्द्रीत दलसंग तालमेलको हुन सक्ने नीति अख्तियार गरेको छ । तर पार्टीले अन्य दलसँग तालमेल गर्नुपूर्व पार्टी केन्द्रको अनुमति अनिवार्य लिनुपर्ने सर्कुलर जारी गरेको छ ।
कांग्रेससँगको तालमेल असम्भव देखेको एमालेले बरु अहिले आफूलाई प्रमुख दुश्मन बनाइरहेको मधेसी मोर्चासँग भने स्थानीय आवश्यकता आधारमा तालमेल हुन सक्ने जनाएको छ । ‘मोर्चासँग पार्टीगत तहबाट सम्बन्ध होला जस्तो लाग्दैन तर मधेसका कतिपय स्थानीय तहमा कांग्रेस विरुद्ध तालमेल गर्न सकिने एक नेताले बताए । 
एमालेले केही जिल्ला र स्थानीय तहमा माओवादी र मधेसी मोर्चा प्रतिस्पर्धी भए पनि देशैभर कांग्रेस मुख्य प्रतिस्पर्धी हुने ठहर गरेको छ । त्यसैले चुनावमा कांग्रेससँग तालमेल नहुने र आवश्यकता अनुसार अन्य दलसँग तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।
पार्टीले ,स्थायी कमिटी बैठकले तय गरेको निर्वाचन मापदण्ड र निर्देशिका पार्टीका सम्बन्धित कमिटीहरुलाई सर्कुलरका रुपमा पठाएको छ ।

एमालेको सर्कुलरमा भनिएको छ, ‘स्थानीय तहमा तालमेल गुर्नपर्ने आवश्यक भएमा जिल्ला कमिटीले प्रदेश कमिटीको र प्रदेश कमिटीले स्थायी कमिटीको अनुमति लिनुपर्ने छ ।’

सर्कुलरको छैठौं बुँदामा चुनावी तालमेल तथा समन्वयका बारेमा उल्लेख गरिएको छ । निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न आवश्यकता अनुसार अन्य दलहरुसँग तालमेल र समन्वयको पहल गर्न स्थानीय कमिटी स्वतन्त्र हुनेछन् ।

सर्कुलरमा भनिएको छ, ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र संभाव्य परिणामका सम्बन्धमा सुक्ष्म विश्लेषण गर्ने । तालमेल सम्बन्धमा औपचारिक रुपमा संझौता गर्नुपूर्व जिल्ला कमिटीले प्रदेश संगठन कमिटीबाट र प्रदेश संगठन कमिटीले स्थायी कमिटीबाट अनुमति लिने ।’

स्थायी कमिटी बैठकको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर ४ का संयोजक समेत रहेका नेता किरण गुरुङले स्थानीय आवश्यकताका आधारमा सीमित ठाउँमा तालमेल हुन सक्ने बताए । तर, यस्तो तालमेल पार्टीको विजय सुनिश्चित गर्न कांग्रेस बाहेकका साना दलहरुसँग हुन सक्ने उनको ठम्याइ छ । गुरुङले भने, ‘मुलतः एमाले एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हो ।’

कठोर कारवाहीको पूर्व चेतावनी

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बन्न पार्टीभित्रै एकले अर्को विरुद्ध घात९प्रतिघातको सम्भावना देखिएपछि एमालेले संस्थागत रुपमै कठोर कारवाहीको पूर्व चेतावनीसहितको सर्कुलर सबै कार्यकर्तालाई पठाएको छ । जसमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्नेमाथि ५ वर्षको कठोर कारवाहीको चेतावनी दिइएको छ ।

सुर्कलरमा भनिएको छ, ‘पार्टी निर्णयलाई अवज्ञा गर्ने, पार्टीले अघि सारेको उम्मेदवारको विरुद्धमा वागी उम्मेदवार बन्ने, वागी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, पार्टीकोउम्मेदवारको विरुद्ध र बागी उम्मेदवारको पक्षमा गतिविधि गर्ने, विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने, विरोधी दलका उम्मेदवारको समर्थक वा प्रस्तावक बन्ने व्यक्तिलाई उम्मेवारीका सम्बन्धमा अन्तिम निर्णय गर्ने पार्टी कमिटीले तत्काल पार्टी सदस्यताबाट निष्काशित गर्ने ।’

कारवाहीमा परेका व्यक्तिको पक्षपोषण गर्नेहरुलाई समेत अनुशासनात्मक कारवाही गर्ने एमालेले जनाएको छ । तत्काल सम्बन्धित पार्टी कमिटीको बैठक बस्न सम्भव नभए उम्मेदवारीका सम्बन्धमा निर्णय गर्ने अख्तियारी प्राप्त कमिटीको प्रमुख पदाधिकारीले कारवाही गर्ने र कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने अख्तियारी समेत दिइएको छ ।

सर्कुलरमा भनिएको छ, ‘त्यसरी निष्काशनको कारवाहीमा परेको व्यक्तिलाई पाँच बर्षसम्म पुनः पार्टी सदस्यता प्रदान गरिनेछैन र राज्य वा पार्टीका कुनै पनि पद र सुविधा दिइनेछैन । पार्टीको जीत बाहेक अरु कुनै पनि कुरा सुनुवाइ नहुने समेत एमालेले प्रष्ट पारेको छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.