logo

बिधुत उपभोक्ता समिति गादीको अध्यक्षमा पूनःराना

      3/18/2017 गते 00 00 मा प्रकाशित     2325   पटक पढिएको

रंगपुर ५ चैत्र
बिधुत उपभोक्ता समिति गादीको छैठौ साधारण सभाले अध्यक्षमा पून दल बहादुर रानालाई सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा रामकुमार नेपाल सचिवमा बिजय गैरे सह सचिवमा महम्मद नौसाद आलम कोषाध्यक्षमा जगदीश भैया  सर्वसम्मत रुपमा चयन भएका छन । 
    त्यसैगरि सदस्यमा बीरेन्द्र चौधरी मुनेश्वर महतो,रामचन्द्र गौरो निर्मला भूषाल श्रीराम अधिकारी सूर्य कडेल बिष्णुदयाल दास चयन भएका छन । साधारण सभामा सचिव बिजय गैरे र कोषाध्यक्ष जगदीश भैयाले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । समितिले आफना सदस्यहरुको स्वास्थ्य सेवालाई ख्यालमा राखेर यो वर्ष देखी एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । यस अघि साधारण सभाको उद्धघाटन गर्दै नेपाल बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्रका प्रमुख चुटन कुमार श्रीवास्तवले बिधुत उपभोक्ता समिति गादीको कामबाट आफूहरु प्रभावित भएको बताए । उनले समितिको सक्रियताका कारण य वर्ष ग्रामीण बिधुतीकरणकोलागि गादीलाई ५५ लाख रुपैया बिनियोजन गरिएको जानकारी दिए । उनले पर्सामा रहेका अन्य बिधुत उपभोक्ता समिितहरुले गादीबाट सिक्नु पर्ने उनले बताए । कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछानेले सामुदायिक भावनाका आधारमा काम गर्ने परिपाटीका कारण समाजको बिकास छिटो हुने बताए । उनले बिधुत उपभोक्ता समितिले आउने दिनमा पनि राम्रा र महत्वपूर्ण काम गर्नु पर्ने चुनौतीलाई आत्मसात गर्नु बताए । कार्यक्रममा ग्रमीण सामुदायीक बिधुत उपभोक्ता राष्ट्रीय महासंघ पर्साका अध्यक्ष श्यामबाबु कुर्मीले पर्सा जिल्लामा गादी बिधुत उपभोक्ता समिति १ नम्बरमा रहेको बताए । कार्यक्रममा बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्का लेखापाल मेखमणी गौतम ,महेन्द्र चौधरी लगायतले  शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । समितिका अध्यक्ष दलबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिजय गरै र स्वागत रामकुमार नेपालले गरेका थिए ।
कर्यक्रममा बिधुत उपभोक्ता समिति गादीका संस्थापकहरु केशर बहादुर आले रामकुमार नेपाल प्रेम शर्मा पौडेल गणेश भैया गोकर्ण अधिकारी गोमा सुवेदी लगायतलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.