logo

आर्थिक राजधानीलाई कस्ले गर्छ नेतृत्व ?

      3/20/2017 गते 00 00 मा प्रकाशित     1599   पटक पढिएको

बीगंज ७ चैत । नेपालको आर्थिक राजधानीको रुपमा रहेको बीरगंज उपमहानगरपालिकालाई नेतृत्व गर्ने कस्तो मेयर आउलान भन्ने चचौ यतिवेला ब्यापक हुदै गएको छ । बिहान चिया पसलमा चियाको चुस्कीसंगै मेयरका बिषयमा आकाश पताल छुने बिश्लेषण सुन्न पाइन्छ । जति जति निर्वाचनको मिति नजिक आउदै छ राजनीतिक दलहरुको गतिविधिले पनि त्यतीकै सक्रियता पाउदै छ ।

मधेश आन्दोलनको इपिसेन्टरमा रहेको बीरगंजमा स्थानीय तहको निर्वाचनमा मधेशवादी दलहरुको अवस्था के होला भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठेको छ ।  मधेशवादी दलहरु बाहिर निर्वाचन हुन नदिने भने पनि आन्तरिक तयारीमा भने संलग्न छन । मधेशवादी दल निर्वाचनमा सहभागी हुदा  बीरगंज उपमहानगरपालिकाको मेयरमा तराई मधेश लोकतान्त्रिक पार्टीेका प्रवक्ता  पूर्व मेयर बिमल श्रीवास्तवको नाम चर्चाको चुलीमा छ । संघीय समाजवादी फोरम नेपालमा भर्खरै मात्र प्रवेश गरेका उधोगी बिजय कुमार सरावगी बीरगंजको मेयरमा उम्मेदवार हुनकैलागि पार्टीमा प्रवेश गरेको चर्चा पनि ब्यपाक छ । मधेशवादी अन्य दलहरुबाट बीरगंजको राजनीतिलाई प्रभाव पार्न सक्ने राजनीतिक हैसियत भएका नेताहरुको अहिले त्यस्ते चर्चा छैन ।

सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट पार्टीका जिल्ला सभापति अजय कुमार द्विवेदीको नाममा चर्चा ल्याइएको छ । तर द्विवेदी मेयरमा उठने मनस्थितिमा छैनन । द्विवेदीले नेपाली कांग्रेसको तर्फबाट १ नंम्बर क्षेत्रका क्षेत्रीय सभापति बिजय कुमार सर्राफलाई  मेयरको रुपमा अगाडी सार्ने तयारी गरिरहेका छन । यसो त नेपाली कांग्रेसमा मेयरका आकांक्षीहरुको लर्को भने लामो छ । श्याम पोख्रेल ईश्वरभक्त श्रेष्ठ,मुकेशमान सिंह , रामरुप कुर्मी दिना गुप्ता मेयरका आकाक्षी हुन । त्यसैगरि नेकपमा माओवादी केन्द्रका तर्फबाट मेयरमा कसैको नाम चर्चा आएको छैन । तर अनेरास्ववियु क्रान्तिकारकारीका नेता अमिताभ बच्चन दासलाई पार्टीले अगाडि सार्ने सम्भावना छ ।

 

पार्टी भित्र रामदरश कुशवाहाले यच्चछा देखाएका छन  तर उनी उपमहानगरभित्र त्यती परिचित भने छैनन । माओवादी केन्द्रले बाबुराम कौशीकलाई पनि अगाडि सार्न सक्ने अवस्था देखिन्छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पनि मेयरका आकांक्षीहरुको संख्या कमै छ । पार्टी भित्र लोकतान्त्रिक मधेशी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मीले मेयरमा आफनो दावेदारी ब्यक्त गरेका छन । तर एमालेले गत सम्बिधान सभाको निर्वाचनमा क्षेत्र नं २ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएका नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई उम्मेदवार बनाउने प्रयास गर्दै छ तर यो प्रयासले अहिले सार्थकता भने पाएको छैन । नेकपा एमालेको तर्फबाट बाबुजान अली पर्साका पार्टी अध्यक्ष चीरन्जीवी आचार्य एमालेका युवा नेता मनोज चौधरी सम्भावित मेयरको उम्मेदवारको चार्चामा छन । नयाँ शक्ति पार्टीका तर्फबाट मुकेश द्विवेदीको नाम चर्चामा छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.