logo

आर्थिक राजधानीलाई कस्ले गर्छ नेतृत्व ?

      3/20/2017 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

बीगंज ७ चैत । नेपालको आर्थिक राजधानीको रुपमा रहेको बीरगंज उपमहानगरपालिकालाई नेतृत्व गर्ने कस्तो मेयर आउलान भन्ने चचौ यतिवेला ब्यापक हुदै गएको छ । बिहान चिया पसलमा चियाको चुस्कीसंगै मेयरका बिषयमा आकाश पताल छुने बिश्लेषण सुन्न पाइन्छ । जति जति निर्वाचनको मिति नजिक आउदै छ राजनीतिक दलहरुको गतिविधिले पनि त्यतीकै सक्रियता पाउदै छ ।

मधेश आन्दोलनको इपिसेन्टरमा रहेको बीरगंजमा स्थानीय तहको निर्वाचनमा मधेशवादी दलहरुको अवस्था के होला भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठेको छ ।  मधेशवादी दलहरु बाहिर निर्वाचन हुन नदिने भने पनि आन्तरिक तयारीमा भने संलग्न छन । मधेशवादी दल निर्वाचनमा सहभागी हुदा  बीरगंज उपमहानगरपालिकाको मेयरमा तराई मधेश लोकतान्त्रिक पार्टीेका प्रवक्ता  पूर्व मेयर बिमल श्रीवास्तवको नाम चर्चाको चुलीमा छ । संघीय समाजवादी फोरम नेपालमा भर्खरै मात्र प्रवेश गरेका उधोगी बिजय कुमार सरावगी बीरगंजको मेयरमा उम्मेदवार हुनकैलागि पार्टीमा प्रवेश गरेको चर्चा पनि ब्यपाक छ । मधेशवादी अन्य दलहरुबाट बीरगंजको राजनीतिलाई प्रभाव पार्न सक्ने राजनीतिक हैसियत भएका नेताहरुको अहिले त्यस्ते चर्चा छैन ।

सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट पार्टीका जिल्ला सभापति अजय कुमार द्विवेदीको नाममा चर्चा ल्याइएको छ । तर द्विवेदी मेयरमा उठने मनस्थितिमा छैनन । द्विवेदीले नेपाली कांग्रेसको तर्फबाट १ नंम्बर क्षेत्रका क्षेत्रीय सभापति बिजय कुमार सर्राफलाई  मेयरको रुपमा अगाडी सार्ने तयारी गरिरहेका छन । यसो त नेपाली कांग्रेसमा मेयरका आकांक्षीहरुको लर्को भने लामो छ । श्याम पोख्रेल ईश्वरभक्त श्रेष्ठ,मुकेशमान सिंह , रामरुप कुर्मी दिना गुप्ता मेयरका आकाक्षी हुन । त्यसैगरि नेकपमा माओवादी केन्द्रका तर्फबाट मेयरमा कसैको नाम चर्चा आएको छैन । तर अनेरास्ववियु क्रान्तिकारकारीका नेता अमिताभ बच्चन दासलाई पार्टीले अगाडि सार्ने सम्भावना छ ।

 

पार्टी भित्र रामदरश कुशवाहाले यच्चछा देखाएका छन  तर उनी उपमहानगरभित्र त्यती परिचित भने छैनन । माओवादी केन्द्रले बाबुराम कौशीकलाई पनि अगाडि सार्न सक्ने अवस्था देखिन्छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पनि मेयरका आकांक्षीहरुको संख्या कमै छ । पार्टी भित्र लोकतान्त्रिक मधेशी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मीले मेयरमा आफनो दावेदारी ब्यक्त गरेका छन । तर एमालेले गत सम्बिधान सभाको निर्वाचनमा क्षेत्र नं २ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएका नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई उम्मेदवार बनाउने प्रयास गर्दै छ तर यो प्रयासले अहिले सार्थकता भने पाएको छैन । नेकपा एमालेको तर्फबाट बाबुजान अली पर्साका पार्टी अध्यक्ष चीरन्जीवी आचार्य एमालेका युवा नेता मनोज चौधरी सम्भावित मेयरको उम्मेदवारको चार्चामा छन । नयाँ शक्ति पार्टीका तर्फबाट मुकेश द्विवेदीको नाम चर्चामा छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.