logo

संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहको उम्मेदवारी घोषणा 

      2/25/2017 गते 00 00 मा प्रकाशित     1327   पटक पढिएको

बीरगन्ज, १४ फागुन ।
नेपाल पत्रकार महासंघ पर्साको शाखाको आगामी फागुन १७ गते हुने जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा रहेको संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहले उम्मेदवारी घोषणा गरेको छ । रेडियो वीरगंज परिसरमा शनिवार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षमा श्याम बन्जारा ,उपाध्यक्षमा अनुप तिवारी ,समावेशी उपाध्यक्षमा मायामितू न्यौपाने , सचिवमा युवराज खड्का, सहसचिवमा खुल्ला तर्फ दिपक गौतम, र समावेशी तर्फ आर.के.पटेल र कोषाध्यक्षमा भुषण यादव उम्मेदवार हुने घोषणा भएको हो । चौतारी, प्रेस सेन्टर, पे्रस सोसाईटी सहितको संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकारहरुको समूहको उम्मेदवारी पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक एवं पे्रस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष महेश दासले घोषणा गरेका हुन  । पत्रकार महासंघका उपाध्यक्ष एवं प्रेस चौतारीका सल्लाहकार ध्रुव  साहको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख , पत्रकार महासंघका निर्वतमान अध्यक्ष केसी लामिछाने, प्रेस चौतारीका पूर्व अध्यक्ष राघव साह , वरिष्ठ पत्रकार सुदर्शन पाण्डे, प्रेस सोसाईटीको तर्फबाट छठु साह र प्रेस सेन्टरको तर्फबाट कृष्ण उदास खनालले मन्तव्य व्यक्त गर्दै व्यवसायिक पत्रकारहरुको मोर्चालाई जिताउन आग्रह गरे । यसैबीच घोषण सभामा भोजपुरी गायक सुनिल पंडितद्धारा गाइएका गितहरुको गिति एल्बम लालबतिको महासंघका अध्यक्ष श्यम बन्जारा र उपाध्याक्ष धु्रव साहले संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रमको संचालन प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज बृजलाल पासवानले गरेका थिए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.