logo

छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

      2/13/2017 गते 00 00 मा प्रकाशित     1668   पटक पढिएको

 

वीरगंज - गोपालचन्द्र गौतम प्रतिष्ठानको आयोजनामा सोमबार छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद् अनिल रुँगटाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सो पुरस्कार प्रदान गरेका हुन् । आधा तोला सुनको मेडलसहित प्रमाणपत्र र माला लगाएर सांसद् रुँगटाले शर्मालाई पुरस्कृत गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि रुँगटाले प्रतिष्ठानलाई जीवन्त राख्न गोतामे पत्रकारिता पुरस्कारको अक्षयकोषमा आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

 

वीरगंजबाट पत्रकारिता गरेर देशभरिमा आप्mनो नाम फिंजाउन सफल गोपालचन्द्र गौतमको सम्झनामा स्थापित पुरस्कारलाई निरन्तरता दिंदै आएकोमा प्रतिष्ठानको प्रशंसा समेत गरे । प्रमुख अतिथि रुँगटाले निष्ठावान र मर्यादित पत्रकारिता गर्दै आएको गोतामेको पत्रकारितालाई अहिलेको पुस्ताले पनि अँगाल्नुपर्ने सुझाव दिए । वर्तमान राजनीतिक सन्दर्भमा बोल्दै संविधान सहमतिमा संशोधन गरेर सहमतिमा निर्वाचन गराउनुपर्ने बताए । सहमतिमा गरिएको कार्य दीर्घकालीन हुने हुँदा त्यसतर्पm सबैको पहल हुनुपर्ने उनको तर्क थियो । पुरस्कार वितरण समारोहमा पर्साका प्रजिअ केशवराज घिमिरेले वीरगंजको पत्रकारिताबाट गोपालचन्द्र गौतमले निष्ठावान, मर्यादित पत्रकारिताको शुरुआत गरेको हुँदा यसलाई स्थानीय पत्रकारहरुले अनुशरण गर्नुपर्ने बताए । मूल्यनिष्ठ पत्रकारिताबाट मात्र सबैथरिको विकास सम्भव भएको हुनाले कसैको प्रभावमा नपरेर सही सूचना प्रवाह गर्न सुझाए ।

 

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्ँ ओमप्रकाश शर्माले पत्रकारिता क्ष्ँेत्रको विकासको लागि आपूmले सक्दो प्रयास गर्ने बताए । केही पत्रकारहरुको दबावको कारण विगतमा आपूmले शुरु गरेको पत्रकार दुर्घटना बिमा स्थगित गरिए पनि अहिले त्यसको प्रयास गरेको खण्डमा पुनः सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे । उनले पत्रकारहरुलाई विकासको कार्यमा पनि कलम चलाउन आग्रह गरे । वीरगंजको राजनीतिक पहुँच केन्द्रसम्म बलियो नभएको कारण विकासको कुरामा वीरगंज पछाडि परेको चर्चा गर्दै सञ्चार, राजनीतिक, व्यापार सबै क्षेत्रबाट केन्द्रीयस्तरको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता खड्किएको बताए ।

 

पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्ँ श्याम बन्जाराले नेपालमै पहिचान बनाएको तत्कालीन शासकविरुद्ध जोडदार कलम चलाउने गोतामेको स्मृतिमा पत्रकार महासङ्घले सम्झना गर्नुपर्नेमा प्रतिष्ठानले यसको बिंडो थामेकोमा प्रशंसा गरे । प्रतिष्ठानका अध्यक्ष्ँ जगदीशप्रसाद शर्माको अध्यक्ष्ँतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ, पाल्पाका पूर्वअध्यक्ष्ँ भगवान् भण्डारीले पनि मन्तव्य गरेका थिए भने प्रहरी वरिष्ठ उपरीक्ष्ँक सूर्यप्रसाद उपाध्याय, प्रहरी उपरीक्ष्ँक गोविन्दकुमार साह, सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुर, नेका, पर्साका सभापति अजय द्विवेदी, ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष्ँ पशुपति विक्रम शाहलगायतको सहभागिता थियो ।   

 

कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतमको बारेमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण कुमार रुपाखेतीले गरेका थिए ।

 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.