logo

स्थापनाको २० औं वर्षगाँठको अवसरमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ हुने

      2/14/2017 गते 00 00 मा प्रकाशित     1452   पटक पढिएको

३ फागुन,२०७३ काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ आयोजना गर्ने भएको छ । हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ ।

 

अवार्ड वितरणका विषयमा नेपालकै सबैभन्दा पुरानो फोटो स्टुडियो फोटो कन्र्सन र एनएफपीजेबीच मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता भएको छ । अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा फोटो कन्र्सन रहने भएको छ । सो अवार्ड कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक विधामा पुरस्कृत गरिने बताइएको छ । अवार्ड कार्यक्रमा ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’बाट एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ । सो पुरस्कारको राशी ५० हजार नगद, ट्रफी र सम्मानपत्र रहने अवार्ड कार्यक्रमका संयोजक तथा एनएफपीजेका सचिव प्रदिपराज वन्तले जानकारी दिए ।

 

सो कार्यक्रममा वर्षको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड, टुरिजम एण्ड कल्चल फोटो पत्रकारिता अवार्ड, स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेल्ली लाईफ फोटो पत्रकारिता अवार्ड, एड्भेन्चर फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड र आर्थिक फोटो पत्रकारिता अवार्डबाट एक÷एक जना फोटो पत्रकारलाई सम्मानित गरिने बताइएको छ । यसरी सम्मानित हुने फोटो पत्रकारलाई जनही २५/२५ हजार नगद पुरस्कार,  सम्मान पत्र र ट्रफी प्रदान गरिने संयोजक वन्तले जानकारी दिए ।

 

पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईनलगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । आवेदन फारम फागुन ९ गतेदेखि ३० गतेसम्म खुल्ला हुने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.