logo

गाउँमै डाक्टरहरुको भिड लागेपछि ठोरीबासी दङ्ग 

      2/19/2017 गते 00 00 मा प्रकाशित     1744   पटक पढिएको

फागुन ८ ठोरी
आफ्नै गाउँमा स्वास्थ्य परीक्षण गर्न पाएपछि ९० वर्षिया नन्दकला कार्की दङ्ग थिइन् । वरिष्ठ चिकित्सकसंग स्वास्थ्य परीक्षण पछि चाउरी परेको अनुहार उज्यालो पार्दै कार्कीले भनिन्–उपचार गर्न सहर जान बुढो शरीरलाई गाह्रो थियो । तर, आफूलाई लागेको रोग सम्बन्धि विशेषज्ञ डा। गाउँमा नै आएर परीक्षण गरेकाले ज्यादै खुशी लागेको छ । निशुल्क स्वास्थ्य परीक्षण संगै औषधी पनि सित्तैमा उपलब्ध गराएको छ । उनी जस्तै ७५ वर्षिय लिलाबहादुर खड्काको प्रतिक्रिया पनि त्यस्तै थियो । बाटोको दुरावस्थाले गर्दा सहरमा उपचार गर्न जान बुढौली शरीरलाई ज्यादै कठिन कुरा थियो । हामीलाई भगवान आइदिए जस्तै भाको छ । केही दिन भएपनि आयु बढ्छ की भन्ने आशा पलाएको छ । शिविरमा आएका चिकित्सकहरुले निकै ख्याल गरेर परीक्षण गरेका छन् । औषधी पनि निशुल्क पायौैँ । हामी गरीव गाउँलेका लागि यो भन्दा खुशीको अरु के कुरा हुन सक्छ र रु कार्की र खड्का त शुक्रबार ठोरी–२ स्थित श्री नेपाल राष्ट्रिय प्राविधीक मावि परिसरमा ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आएका प्रतिनिधी पात्र मात्र हुन् । बालबालिका देखि लिएर बृद्ध–बृद्धा समेत उपचारका लागि शिविरमा ठूलो भिड लागेको थियो । शिविरमा विभिन्न रोगका ८ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, नाक, कान, घाँटी रोगका विशेषज्ञ, हाडजोर्नी, सर्जरी, बालरोग विशेषज्ञ, पेट, छाती तथा मुटु रोग सम्बन्धि विशेषज्ञ, दाँत रोगका विशेषज्ञ, रेडियोलोजी लगायत आदि रोगका विशेषज्ञहरुले विरामीहरुको चेकजाँज गराउँदै निशुल्क औषधी उपलब्ध गराएको छ ।  
नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवँ प्रमुख कन्सल्टेन्ट डा। प्रकाश खतिवडाले भने, उपचारका क्रममा धेरै व्यक्तिमा प्रेसर, सुगरका विरामी भेटियो । तर, उनीहरुलाई यसबारे कुनै ज्ञान देखिएन । औषधी प्रयोग नै नगरेको पाएँ । यो शिविरले त्यस्ता रोगीहरुका लागि थप लाभ हुन पुगेको छ । किन भने, उनीहरुले अबको क्रममा प्रेसर तथा सुगरको औषधी नियमित सेवन नगरे खतरा हुन सक्छ । आफूहरुले ठोरीका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकेको जानकारी पाएरै सबै रोगका विशेषज्ञहरुलाई समावेश गरेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हौँ । ठोरी प्रति चितवनका चिकित्सक टोली निकै गम्भिर रहेको भन्दै डा। खतिवडाले भने, ठोरी नै चितवनको विकासको आधार हो । ठोरीको जग बलियो भयो भने चितवन बलियो हुन्छ । ठोरीमा शिविर चलायौँ । नेपाल चिकित्सक संघ चितवनले  
यो शिविरमा प्राविधीक सहयोग गरेको र आगामी दिनमा ठोरी–केरुङलाई भावनात्मक रुपमा जोड्न पनि केरुङ तर्फ गएर शिविर चलाउने योजना बनाउदै छौँ, डा। खतिवडाले भने । 
चिकित्सक श्रीमति संघ चितवनकी अध्यक्ष प्रविणा खतिवडाले शिविरमा स्वास्थ्य परीक्षण गराउन आउनेमा धेरै जसो महिला नै पाएको बताइन् । उनले भनिन्, यस क्षेत्रका महिलाहरुले आफ्नो स्वास्थ्य अवस्थामा त्यति ख्याल गरेको देखिएन । शिविरमा स्वास्थ्य परीक्षणका लागि १५ वर्षकी गर्भवती युवती पनि भेटियो । यो त ज्यादै गम्भिर कुरा होइन र रु उनले प्रतिप्रंश्न गरिन् । शिक्षा, चेतना आदिका कारण पनि महिलाहरुको स्वास्थ्यमा बढी समस्या भएको उनले बताइन् । ठोरी स्वास्थ्य सेवाको सहज पहुँच नपुगेको ग्रामिण भेग भएको जानकारी पाएर नै चिकित्सक श्रीमति संघ चितवनले स्वास्थ्य शिविर सञ्चालन आयोजनामा सहयोग गरेको उनले बताइन् । स्वास्थ्य शिविर उचित ठाउँमा सञ्चालन भएको भन्दै यस क्षेत्रका गरीव महिलाहरुको स्वास्थ्य उपचारमा सक्दो सहयोग गर्ने समेत उनले बताइन् । डा। प्रविणा खतिवडाको सभापतित्वमा नै शिविरको औपचारिक कार्यक्रम भएको थियो ।      
शिविरको औपचारिक कार्यक्रममा बोल्दै ठोरी–केरुङ लोकमार्गका अभियनता तारा पौडेलले ठोरी र चितवन वीच भावनात्मक सम्बन्ध प्रगाढ पार्नका लागि नै यो शिविरको आयोजना गरिएको बताए । चितवनका बासिन्दा ठोरीबाट कहिल्यै टाढा रहन नसक्ने भन्दै यो शिविरले ठोरी र चितवनवीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास आफूले लिएको पौडेलले बताए ।
विभिन्न रोगका झण्डै एक  दर्जन जना भन्दा बढी अनुभवी चिकित्सकहरुको टोलीले शिविरमा निशुल्क स्वास्थ्य जाँचदेखि लिएर औषधी समेत निशुल्क उपलब्ध गराएका कारण ठूलो संख्यामा स्वास्थ्य परीक्षणका लागि मानिसहरुको भिड लागेको शिविर व्यवस्थापनमा खटिएका जगेन्द्र पौडेलले जानकारी दिए ।
एकै ठाउँबाट निशुल्क रुपमा यति धेरै रोगका निशुल्क सेवा उपलब्ध हुने भएपछि ठोरी, निर्मलवस्ती, सुवर्णपुर, चितवनको बाँदरझुला लगायतका स्थानबाट विरामीहरुको भिड लागेको पौडेलले बताए । शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्ड लगायतका सेवा समेत उपलब्ध गराइएको थियो ।
शिविरमा वरिष्ठ फिजिसियन डा। प्रकाश खतिवडा, डा। मनोज अधिकारी, डा। सन्दिप पाण्डे, डेन्टल रोग विशेषज्ञ डा। विजयराज आचार्य, डा। सोनी सुवेदी, डा। रविरन्जन कुमार रजकले विरामीहरुको स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै सर्जरी विशेषज्ञ डा। इश्वरचन्द्र घिमिरे, अर्थोपेडिक विशेषज्ञ डा। श्रवणकुमार थापा, डा। रामशरण श्रेष्ठले पनि स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा नाक, कान तथा घाँटी, चर्म तथा यौन रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ लगायतका विशेषज्ञहरुले समेत स्वास्थ्य परीक्षण गरेका थिए ।
निशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन श्रृजना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठोरी, निर्मल–ठोरी उपभोक्ता समिति, गाविस कार्यालय ठोरी, ठोरीमा रहेका विभिन्न संघसंस्थाहरुले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.