logo

जनकपुरको तिरहुतियामा खाद्य मेला हुने

      2/14/2020 गते 00 00 मा प्रकाशित     2221   पटक पढिएको

जनकपुरधाम २ फाल्गुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले  जनकपुरको तिरहुतियामा खाद्य मेला आयोजना गर्ने भएको छ ।

 

मेला बारे आज जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो । फाल्गुण १ण् गते देखी  १२ गते सम्म खाद मेला संचालन हुने बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिजय खनालले जानकारी दिनु भयो ।

 

परमपरागत पोषिला एव स्थानीय खाद्य पदार्थको प्रवंद्धन गरौ असल पोषणकालागि खानेवानीमा सुधार गरौ भन्ने मुल नाराका साथ खाद्य मेलाको आयोजना गर्न लागिएको हो ।

 

 परम्परागत अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थको प्रर्वद्धन नै मेलाको उद्धेश्य रहेको अधिकउत खनालले बताउनु भयो । नेपालीको खानेवानी नै रोगको कारण भएकोले खानेवानीमा सुधार ल्याउन समेत मेलाको उपयोग गरिने उहाँले बताउनु भयो ।


कृषि तथा पशुपंक्षी बिकास मंत्रालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मुख्य आयोजक हुन भने जनकपुर उपमहानगरपालिका ,जनकपुरधान उधोग वाणिज्य संघ  श्रीराम युवा कमिटी  श्री महावीर युवा कमिटी, मेलाका सह आयोजक हुन । क्रियटिभ मिडिया सेन्टर भने मिडिया पार्टनर रहेको छ । मेलामा खाद्य सम्बन्धी ६० वटा स्टल रहने छन ।


परम्परागत खाद्य पदार्थ एवं तिनका पौष्टिक  महत्वबारे जानकारी, बिभिन्न जातजाति संगद सम्बन्धति होटेलहरु खाद्य ब्यवसायीहरु ,खाद्य उद्यमकालागि मेशीनरी उपकरण तथा प्रशोधनमा प्रयोग हुने रसायनका सप्लार्यसहरु,खाद्य खाद्य प्रविधि तथा पोषण् संग सम्बन्धीत शैक्षीक संस्थाको स्टलहरु मेला स्थलमा रहने बरिष्ठ अधिकृत खनालले जानकारी दिनु भयो । मेलामा नटराज प्रोडक्सन प्रा.लि. र स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने बताइएको छ । 


मेलामा पूर्वको इलामको चिया देखी पश्चिम जुम्लाको अग्र्यानिक कृषि उत्पादन सम्मलाई स्टलमा राखिने आयोजकले बताएका छन । मेला २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको अधिकृत खनालले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.