logo

गौतमले गरेको पत्रकारिताको मूल्यांकन अहिले गर्न सकिंदैन–मुख्यमन्त्री

      2/14/2020 गते 00 00 मा प्रकाशित     1445   पटक पढिएको

वीरगंज, २ फागुन । 
        पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका पत्रकार केशव आचार्यलाई एक तोल सुनको पदक प्रदान गर्नुभएको छ । 
        नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री राउतले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई सुसूचित गर्दैआएको बताउनुभयो । चार दशकअघि गोपालचन्द्र गौतमले गरेको पत्रकारिता अहिलेको बेलामा मूल्याङ्कन गर्न नसकिने उहाँको भनाइ थियो ।


        उहाँले विचार हुनेले कलम निखार्न सक्दैन र कलम निखार्नेले विचार निखार्न सक्दैन र यी दुई कुरा पत्रकार गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिनुभएको बताउनुभयो । 
        मुख्यमन्त्री गद्दीले प्रतिष्ठानले रु १० हजारबाट शुरु गरेको पुरस्कार राशि एक तोला सुनमा परिणत गरेकोमा प्रशंसा गर्नुहुंदै सहयोग गर्ने आश्वासन दिनुभयो ।


        कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमका बारेमा चर्चा–परिचर्चा गर्नुभएको थियो ।


        प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष्ँ चन्द्रकिशोरले स्व. गौतमको जीवनीको बारेमा प्रकाश पार्नुभयो  ।

 

कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष के.सी लामिछानेले गर्नुभएको थियो ।


        कार्यक्रममा स्व .गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, , मानव अधिकारकर्मी बद्री खतिवडा नन्दन अर्याल, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद सामाजिक अभियान्ता प्रकाश थारु प्राज्ञ उमाशंकर द्विवेदी लगायतको सहभागिता थियो ।


हालसम्म यो पुरस्कार मकवानपुरका प्रताप श्रेष्ठ, विराटनगरका मोहन भण्डारी, बुटवलका डिआर घिमिरे, सप्तरीका शिवहरि भट्टराई, झापाका स्व. मदन ढकाल, पाल्पाका मेघराज शर्मा, सप्तरीका भोला पासवान, रूपन्देहीका अर्जुन ज्ञवालीले प्राप्त गरिसक्नु भएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.