logo

पोखरियाको समग्र बिकासकालागि साढे ३९ करोड बिनियोजन

      12/28/2017 गते 00 00 मा प्रकाशित     1888   पटक पढिएको

पोखरिया, १३ पुस । पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले ३९ करोड ६२ लाख ३९ हजार चालू आर्थिक वर्षको अनुमानित आयव्ययको कूल बजेट प्रस्तुत गरेको छ ।

 

झण्डै दुईदशकपछि भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको सहभागितामा बिहीबार सम्पन्न भएको नगरसभामा नगरपालिकाकी उपमेयर सलमा खातुनले चालू खर्च तर्फ तीन करोड ४४ लाख ६५ हजार, पूँजीगत खर्च तर्पm १८ करोड २१ लाख ५४ हजार, सशर्त अनुदान १२ करोड ७६ लाख दुई हजारको बजेट प्रस्तुत गरेकी थिईन् ।

 

त्यस्तै शिक्षा, स्वास्थ्य, पोखरिया अस्पताल, आयुर्बेद, पशु, कृषि, गरिबसँग विश्वेश्वर कार्यक्रम बहुद्देशीय पोषण कार्यक्रमको लागि, समाजिक सुरक्षा भत्ता लगायत गरी चार करोड पाँचलाख ५७ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा १४ लाख ६१ हजार, भवण निर्माण ५० लाख, समपुरक कोषमा ५० लाख विनियोजन गरिएको जनाएको छ ।

 

त्यसैगरी गर्भमै लिंग पहिचान गरि भ्रुण हत्या गर्ने अपराधका कारण लैंगिक प्रभाव परिरहेको, बालबालिकाहरुको कम उमेरमा गरिने बालबिबाहले महिलाहरुको स्वास्थ्यमा मात्रै नभई जनशक्ति बिकासमा प्रभाव परिरहेको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा  उल्लेख गरिएको छ ।

 

यसको नियन्त्रणका लागि असल मानव स्रोतको बिकास गर्न, बालिका स्वर्ण योजना कार्यान्वयनमा लयाउन पहिलो बच्चा जन्मने बालिकालाई ३५ दिन भित्र जन्म दर्ता गराउँदा उनको नाममा एक मुष्ट १० हजार बिबाह बिमा समेतको व्यवस्था गरिने मेयर दिपनारायण रौनियारले प्रतिवद्धता व्यक्त गरे ।

 

उनकै अध्यक्षतामा भएको नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, श्याम नारायण माली, वडा अध्यक्ष अजय गुप्ता, किशोरी साह, लक्ष्मण साह, बंका पटेल, सोनालाल साह, नन्दलाल प्रसाद, जिवाजती पासवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रमको संचालन ईन्जिनियर रामबाबु पटेलले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.