logo

सडक निर्माणको मार्ग प्रशस्त नगरे जीतपुरमा बल प्रयोग गरिने पक्का

      12/26/2017 गते 00 00 मा प्रकाशित     2091   पटक पढिएको

सिमरा, ११ पुुस । वीरगन्ज पथलैयासम्मको ६ लेन व्यापारिक मार्गमा पर्ने भौतिक संरचनाहरु भत्काउन स्थानीयले अटेर गरेपछि आयोजनाले बल प्रयोग गरेर भत्काउने तयारी गरेको छ ।

 

पथलैयादेखि वीरगंज सुख्खा बन्दरगाह सम्म सरकारले २०७३ असार २९ गते देखि निर्माण थालेको थियो । निर्माण थाले देखि नै योजनाले संरचना हटाउन पटक पटक गरेको अनुरोध जीतपुरका स्थानीयहरुले अवज्ञा गर्दै आएको आयोजनाले जनाएको छ । बल प्रयोग नगरी सडक निर्माणका काम सम्पन्न गर्ने योजनामा रहेको सडक निर्माण योजनाले निर्माण कार्यमा स्थानीयले अटेर गरे प्रहरी प्रशासनको सहयोगमा जीतपुर बजार हटाउँने पथलैया–बीरगंज व्यापारिक मार्ग योजनाका प्रवक्ता ईञ्जिनियर सौम्य आन्नदको भनाई छ ।

 

योजनाले पटक पटक र अन्तिम भनेर गरेको सूचना समेत जीतपुर बासीले बेवास्ता गरेपछि योजना अवरुद्ध बनेको र स्थानीय प्रशासन, प्रहरीको सहयोगमा साता भित्रै सडकमा पर्ने जीतपुर ढेड किलोमिटर बजार भत्काइने जनाएको छ । सडकको २५ मिटर भित्रको संरचना हटाउन स्थानीयले अटेर गरेपछि बाराको पथलैया–वीरगंज ६ लेन व्यापारिक मार्ग निर्माण कार्य अबरुद्ध बनेको छ । 

 


योजना अन्तरगत पथलैया बीरगंज व्यापारिक मार्गको मध्य बिन्दुमा रहेको जीतपुर बाहेक पथलैया, सिमरा लगायतका बजार क्षेत्रमा स्थानीयले बिकासको काम भन्दै आँफै आफ्नों संरचना हटाइ सकेका छन  ।

 

 २०७५ पुष २८ गते भित्र सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने योजनाको काम जीतपुर बजारका कारण प्रभावित बने पछि पटक पटकको आग्रह  समेत स्थानीयले अटेर गरे पछि योजनाले प्रशासनको सहयोग लिनु परेको हो । तर , स्थानीय बासीन्दाहरुले भौतिक संरचना हटाए पनि सरकारले क्षतिपूर्ति र मुआब्जा दिनु पर्ने बताएका छन् । स्थानीय अफताब आलमले जे जति पाउने हो सरकारले चाँडै क्षतिपूर्ति दिँदै काम सहज गर्नु पर्ने बताए 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.