logo

पाँच करोड मुआब्जा नदिए कडा आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी

      12/26/2017 गते 00 00 मा प्रकाशित     2040   पटक पढिएको

वीरगंज ११ पुस
वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने अलौंको आईसीपी चौक देखि रामगढवा बहुअरी  लक्ष्मी आयल चौक सम्म सरकारले अतिक्रमण गरेको घर जग्गाको मुअब्जा प्रति कठा ५ करोड दिन सरकार संग स्थानीयले आग्रह गरेका छन ।
संघर्ष समिति ड्राईपोर्टले मंगलवार गरेको पत्रकार सम्मेलन बोल्दै संघर्ष समितिका पदाधिकारीहरुले सरकारले हचुवाको भरमा मुअब्जा निर्धारण गरेको भन्दै कडा बिरोध गरेका थिए ।

अतिक्रमण गरिएको घर जग्गाको उचित मुल्यांकन गरी मुअब्जा नदिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिएका छन । 
ड्राईपोर्टदेखि परवानीपुरसम्मको सडकखण्ड ६ लेन बनाउँदै गर्दा जग्गा अधिग्रहणको पक्रिया नटुंगिएका कारण ड्राईपोर्टदेखि आईसीपी सम्मको सडक विस्तार हुन सकेको छैन् ।


अलौंको आईसीपी चोकदेखि रामगढवा बहुअरी लक्ष्मी आयल चोकसम्म झण्डै ७ सय मिटर सडक खण्ड विस्तारका लागि दुवै तर्फका ६ बिघा १ कठ्ठा जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिसकेको छ ।


मुआब्जा निर्धारण समितिले बाटो छेउको जग्गाका लागि बढीमा ६२ लाख प्रति कठ्ठा मुआब्जा दिन र सडकभन्दा भित्र पर्ने जग्गाका लागि पनि दर निर्धारण गरिसकेको छ ।

अर्थ मन्त्रालयले रकमको स्वीकृति दिइसकेको भए पनि रकम भने आइनसकेको तर नाप नक्साङकनको काम भने भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.