logo

नेपाल भारत बैठक निष्कर्षबिहिन,क्लिंकर आयातमा झनै अन्यौलता बढयो 

      12/26/2017 गते 00 00 मा प्रकाशित     1876   पटक पढिएको


वीरगन्ज ११ पुष । नेपाली सिमेन्ट उधोगहरुकालागि चाहिने कच्चा पदार्थ क्लिंकर आयातको बिषय झनै अन्यौलपूर्ण बनेको छ । 
सीमावर्ती भारतीय शहर रक्सौल स्थित रेल्वे यार्डबाट क्लिंकर ओसार पसार हुदा प्रदुषण भयो भन्दै रक्सौलका स्थानीयले बिरोध गरेपछि समस्या आएको हो । स्थानीयको बिरोधपछि रेलवेले  सोझै बीरगंजको सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने निर्णय गरेको छ । 


क्लिंकर आयातमा भारतीय रेलवेको एकपक्षीय निर्णयले झनै समस्या ल्याएको भन्दै मंगलवार त्यही बिषयमा छलफल गर्न बीरगंजमा बसेको द्विपक्षीय बैठकले समेत कुनै निष्कर्ष निकाल्न नसकेपछि अन्यौलता झन बढेको हो ।
    भारतीय रेलवेले सिधा वीरगन्ज स्थित सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एकपक्षीय निर्णय पछि समस्या समाधान गर्न बीरगंजमा मंगलवारे द्विपक्षीय बैठक बसेको थियो ।


क्लिंकर लोड अनलोडको समस्या समाधानका लागि बोलाईएको बैठकमा दुबै देशका प्रतिनिधिहरुबाट समाधानको बाटो पहिल्याने काम भएन । भारतीय रेलवेले अचानक वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह संचालनको ठेक्का पाएको भारतीय कण्टेनर निगम लिमिटेडलाई पत्राचार गरेर बन्दरगाहमा नै अनलोड गर्ने व्यवस्था गर्न भनेपछि उत्पन्न भएको समस्या झनै बल्झिएको सिमेन्ट उधोग संचालकहरुभने चिन्तित भएका छन  । 


    भारतीय कण्टेर निगम नेपाल स्थित सुख्खा बन्दरगाह संचालन गर्ने हिमालयन टर्मिनलको एक साझेदार पनि हो  । तर, नेपालले सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभएको जनाएपछि समस्या झन् जटिल बनेको हो ।

 

सुख्खा बन्दरगाह संचालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले यसको समाधानका लागि दुवैपक्षका पदाधिकारीहरुलाई बोलाएको थियो । बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतीय रेल सेवा निगमले नेपाली पक्षलाई क्लिकर सुख्खा बन्दरगाहमा अनलोड गर्ने बिषयमा कुनै आधिकारिक जानकारी नै नगराएको बताउनु भयो । उहाँले आफूहरु यस विषयमा रहेको बताउदै बिभिन्न संचार माध्यम मार्फत जानकारी पाएको प्रष्ट पार्नु भयो  ।  उहाँले अहिले तत्कालका लागि भने पुरानै अवस्थामा क्लिंकर आयात हुन दिनु पर्ने बताउनु भयो । दीर्घकालीन रुपमा समसयाको समाधान खोजने काममा हामी लाग्छौ उहाँले भन्नु भयो तर अहिले पुरानै अवस्थामा क्लिंकरको आयातको ब्यवस्था हुनु पर्छ । 

त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले हिमालयन टर्मिनललाई क्लिंकर अनलोड गर्ने कुनै किसिमको अनुमति नदिएकोले एकपक्षीय निर्णयको कुनै अर्थ नभएको बताउनु भयो । यस विषयमा भारतीय र नेपाल दुवैपक्षले माथिल्लो तहमा छलफल गरेर समाधान निकालिने निर्देशक बस्नेतले बताउनु भयो ।

 भारतीय रेलवे इष्ट सेण्ट्रल जोनका चिफ अपरेटिङ्ग मेनेजर सलिल झाले रक्सैेलमा अनलोड गर्न नसकिने भएकोले नेपालको आईसिडीमा अनलोड गर्ने व्यवस्था गर्नु पर्ने अडान राखेका छन ।  नेपाली सिमेण्ट उद्योगीहरुले पनि अहिले नै तत्काल ड्राईपोर्टमा अनलोड गर्ने व्यवस्था हुन नसक्ने जनाएका छन ।

 भातीय कण्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले कुनै राजनीतिक दबाव र कारण नभई रक्सौलका स्थानीयको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न आफूहरु नेपाल आएको र यसलाई दुवैपक्षले मिलेर समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।  सुख्खा बन्दरगाहमा अहिले छड उत्पादन गर्ने कच्चा पदार्थहरु आयातमा नै समस्या रहेकोले क्लिंकर पनि सोही स्थानबाट आयात गर्दा थप समस्या नेपाली उधोगीहरुको भनाई छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.