logo

नाका फेर्दै भैरहवाका व्यवसायी

      11/28/2017 गते 00 00 मा प्रकाशित     1726   पटक पढिएको

भैरहवा,१३ मंसिर ।
नेपाल–भारत सीमा नाका बेलहिया लामो समयदेखि असहज बन्न थालेपछि व्यवसायीले पनि रुट परिवर्तन गर्न थालेका छन् ।

लामो समय चेकजाँजमा बस्नुपर्दा आयातित सामानको लागत बढ्न जानेभन्दै वीरगञ्ज, कृष्णनगर र नेपालगञ्ज नाका भएर भैरहवाका व्यवसायीले सामान ल्याउन थालेका हुन् । 

आयात निर्यातलाई सहज बनाउन पटक पटक माग गरे पनि त्यसको सुनुवाई नभएको र भारतीय प्रहरीले चेकजाँचका नाममा एक सातासम्म सीमा पारी नै सवारी साधन रोक्दा लागत बढ्न गई बाध्य भई नाका परिवर्तन गर्नुपर्ने अवस्था आएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्माले बताए । 


भारतीय सुरक्षाकर्मीका कारण नेपाल–भारत सीमानाका गत साउनदेखि असहज बनेको छ । बेलहिया नाका असहज बनेपछि आयात निर्यात प्रभावित भएको छ भने राजश्व संकलनमा समेत गिरावट आएको छ ।

दैनिक २ करोडसम्म राजस्वमा नोक्सान भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी गोपाल खत्रीले जानकारी दिए । सरकारले तोकेको लक्ष्य पूरा गर्न दैनिक १७–१८ करोडसम्म राजस्व संकलन गर्नुपर्नेमा अहिले १५ करोडको हाराहारीमा मात्रै राजस्व संकलन भएको उहाँले बताउनुभयो । ‘लक्ष्य अनुसार हालसम्म ९२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ उनले भने, यसले अन्तिम लक्ष्य प्रभावित हुने देखिन्छ’ ।

विभिन्न बहानामा भारतीय पक्षबाट यो नाकामा असहज स्थिति सिर्जना हँुदै आएको भनिए पनि के कारणले अवरोध भएको हो भन्नेबारेमा नेपाली अधिकारीहरू अनभिज्ञ छन् ।

यसले नेपालकै दोस्रो र सहजरूपमा रहेको यो नाकामा आयात तथा निर्यातकर्ताहरूले झण्झट र दुःख व्यहोर्नु परेको छ । मधेस आन्दोलनका बेला भएको अघोषित नाकाबन्दीका बेलासमेत तुलनात्मक रूपमा सहज रहेको यो नाकामा त्यसयता भने अन्य नाकाको तुलनामा भारतीय पक्षबाट असहज अवस्था सिर्जना हँुदै आएको छ ।

एक महिनाअघि भैरहवा आएकी भारतीय दूतावासको वाणिज्यतर्फको प्रथम सचिव मैथिली झाले यस क्षेत्रका उद्योगी व्यवसायीसँगको भेटमा व्यवसायीले आफूहरूसँग सहकार्य गरेमा छिट्टै नै नाकामा समस्या समाधान हुने र यसको लागि आफूले विशेष पहल गर्ने बताएकी थिईन् ।

तर आफूहरूले पटकपटक यसबारेमा भारतीय सुरक्षा अधिकारीहरूको समेत ध्यानाकर्षण गराएको तर सुनुवाई नभएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्माले बताए । “भारतीय सुरक्षा अधिकारीले माथिको आदेशमा चेकजाँच गरिएको भनिरहेका छन्, तर के कति कारणले धेरै दिन गाडी रोकिएको छ, यसबारे केही बताएका छैनन्” उनले भने ।

विगतमा सुनौली नाकाबाट एक हजारभन्दा बढी मालबाहक गाडी आउने गरेकोमा अहिले असहजताका कारण ३ सय वटा गाडी मात्र आइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले बताए।

 सामग्री आयात गर्न अत्यन्तै समस्या रहेको कारण आफूहरू धरायसी अवस्थामा पुगेको उनको भनाइ छ । “उद्योगको लागि दक्षिण अफ्रिकाबाट कोइला मगाउँछौँ । सुनौलीसम्म कोइला ल्याउँदा जति खर्च लाग्दैन, त्योभन्दा बढी सुनौली नाकाबाट उद्योगसम्म ल्याउँदा खर्च लाग्छ” उनले भने ।

सुनौली नाकामा भन्सार र प्रहरीले ट्याक्स भन्दै अवैध असुली गर्दा आफूहरू मारमा परेको उद्योगी अरुण गोयनकाले बताए । “नाकाबाट सामग्री आयात गर्दा भारतीय पक्षले प्रहरी ट्याक्स, गाडी मुभमेन्ट ट्याक्स, क्रसिङ ट्याक्स, मिडिया ट्याक्सको नाममा अनेक स्थानमा रकम असुल्ने गरेको छ”–उनको गुनासो छ ।

सुनौली नाकामा अहिले पनि १०–१२ किलोमिटर लामो गाडीको लाइन छ । ५–६ दिनसम्म सीमापारी नै चेकजाँचका नाममा बस्दा व्यवसायीको लागत बढ्ने र स्वभावैले नाका परिवर्तन गर्न बाध्य हुने भन्सारका सूचना अधिकारी खत्रीको भनाइ छ ।

“हामीले पनि भारतीय पक्षसँग धेरैपटक कुरा ग¥यौं, तर अब चेकजाँचका नाममा धेरै दिन लगाउँदैनौँ भनेर आश्वासन दिन्छन्, व्यवहारमा भने त्यस्तो पाइएको छैन” उन भने ।  

सुनौली नाकामा ट्राफिकको समस्या, एकीकृत भन्सार चेकपोष्ट निर्माणमा भारतले चासो नदेखाउनु, क्वारेन्टाइन चेकपोष्ट नहुनु, प्रहरीको अवैध रकम असुलीलगायतको कारण समस्या उत्पन्न भएको र यसको समाधान गर्नका लागि पनि उद्योगीहरूले आग्रह गर्दै आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.