logo

फोर्डको इको स्पोर्ट अत्याधुनिक गाडी वीरगन्जमा 

      11/27/2017 गते ००: ०० मा प्रकाशित     1206   पटक पढिएको

वीरगन्ज, ११ मंसिर । साना सवारी साधनका पारखीहरुको लागि नेपालमा भित्रिएको फोर्डको अत्याधुनिक इको फोर्ड वीरगन्जमा पनि सार्वजनिक गरिएको छ । 

अमेरिकी कार उत्पादन कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा समूहको जिओ अटोमोबाईल्सले नेपालमा ल्याएको इको फोर्ड गाडी वीरगन्जको डिलर एसए इन्टरप्राईजेजले सोमबार सार्वजनिक गरेको हो । नयाँ उत्पादन इको फोर्ड गाडीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन ‘क’ का उम्मेदवार रहबार अन्सारीेले उदघाटन गरे । 

फोर्ड गाडी विक्रीमा निकै बजार लिएको एसए इन्टरप्राईजेजले वीरगन्जमा चारबर्षअघि मात्रै शोरुम खोलेको थियो । दुईबर्षको अवधीमा वीरगन्जबाट करिब दुईसको हाराहारीमा फोर्डको गाडी विक्री भएको एसए इन्टरप्राईजेका संचालक सब्बा अन्सारीले जानकारी दिए । 

बजारमा आउने साना सवारी साधनहरु मध्य इको फोर्ड सबै सुविधामा सस्तो गाडी रहेको कम्पनीले दावी गरेको छ । रिमोट किलेस (साँचो नहाली) कारभित्रै राखेपनि गाडी स्टार्ट हुने यसको विशेषता छ । 

डुअल एयरव्याग्स, एबिएस वीथ इबिडि लगायत अरु गाडीहरुमा पाईने सुविधा भन्दा बढी सुविधा सहितको इकोफोर्ड गाडीको अहिलेको बजारम मुल्य ३३ लाख ९० हजार रहेको छ । 

ब्लुटुथ ह्याण्ड्स फ्री अडियो, टिल्ट एण्ड टेलिस्कोपिक म्युजिक सिस्टम लगायतका विभिन्न सुविधाहरु रहेको कार अहिले नेपाली बजारमा ग्राहकहरुको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । इको स्पोर्ट गाडी सोमबार सार्वजनिक गरेकै दिन एउटा बुकिङ्ग भएको पनि एसए इन्टरप्राईजेजका रोशन आलमले जानकारी दिए ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.