logo

गार्मेन्ट प्रोसेसिङ जोन बनाउने काम सुचारु

गार्मेन्ट प्रोसेसिङ जोन बनाउने काम सुचारु

      1/22/2017 गते 00 00 मा प्रकाशित     1494   पटक पढिएको

माघ १० । अमेरिकाले ६६ वटा वस्तुलाई भन्सार सुविधा दिने निर्णय गरेसँगै सरकारले सिमरामा बनाउन लागेको गार्मेन्ट प्रोसेसिङ जोन दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले १९ करोड रुपैयाँ निकासा गरेसँगै गार्मेन्ट प्रोसेसिङ जोन बनाउन सुरु भएको हो ।

अहिले यसैका लागि धमाधम जग्गा मिलाउने र अन्य काम सुरु भइसकेको विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले नेपाल खबरलाई जानकारी दिए।

‘दुई वर्षभित्र सक्ने गरी काम सुरु भएको छ,’ भट्टले भने, ‘अहिले जग्गालाई सम्याउने काम भइरहेको छ।’ उनका अनुसार सिमराको ब्लक नम्बर ‘ए’ मा ३ सय ४३ विगाहा मध्ये १ सय ६५ विगाहाको मास्टर प्लान समेत बनाइसकेको छ। ३ सय ४३ विगाहामै अमेरिकाले सुविधा दिएका उत्पादन मात्रै गरिने छ।

सिमरामा ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ र ‘ई’ गरी ५ वटा ब्लकमा सेज बन्ने छ। त्यसमध्ये ‘ए’ ब्लकको १ सय ६५ विगाहामा मास्टर प्लान बनाएर काम अघि बढाइएको छ। यसमा अमेरिकाले सुविधा दिएका वस्तु मात्रै उत्पादन गर्ने गरी काम सुरु हुनेछ। ‘साढे २ अर्ब रुपैयाँको लागतमा ३ सय ४३ विघा जग्गामा स्थापना हुन्छ,’ भट्टले भने, ‘त्यसमध्ये १ सय ६५ विगाहाको मास्टर प्लान बनाएर काम अघि बढाएको छ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.