एकछिन सुत भन्न त मन थियो प्यारी भन्दै गीतकार राम पाठक
इसीमाना सम्वाददाता
२०८० फागुन ११ गते ०८: १२ मा प्रकाशित
777 पटक पढिएको
काठमाडौं । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो ।
यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् ।
एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ ।
राम प्रसाद पाठकले लेखेका गीतका शब्दमा चन्डी प्रसाद काफ्लेको संगीत गरेका छन् ।
केकी अधिकारी, राजन न्यौपाने, कलश पाण्डे र रोशन श्रेष्ठ फिचर्ड गीतको भिडियो पछिल्लो समयका लोकप्रिय निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन्। भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।
बिगत २ दशक देखि जापानमा रहेका गायक राजन न्यौपानेले ४ बर्ष देखि गुरु चन्डी प्रसाद काफ्ले संग अनलाइन सगीत क्लास लिइरहेका छ्न आफ्नो ब्यस्त दैनिकी बीच पनि आफ्नो जन्मभुमी प्रतिको माया र नेपाली कला छेत्रलाइ सम्झिदै केहि नौलो र संदेश मुलक गीतहरु गर्ने आफ्नो उद्देश्य रहेको जानकारी दिनु भयो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।
गोबजार । नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया