सडकबाट स्टारसम्मको यात्रा, अशोक दर्जीको कथा अब ‘मन बिनाको धन’मा
इसीमाना सम्वाददाता
२०८२ कार्तिक १३ गते ०७: ०६ मा प्रकाशित
851 पटक पढिएको
काठमाडौँ । गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ ।
गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्म साथ दिएएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।
निर्देशक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथि लागेका केही आरोपको यथार्थतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताए ।
उनले भने , “सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथालाई चलचित्रमा समेटेको छु । यो पूर्णतया उनकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ, तर मूलभूत घटनाक्रम दर्जीकै जीवनको लिइएको छ ।”
चलचित्र ‘मन बिनाको धन’ मा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गरेका छन ।
गायक दर्जीले निर्देशक बुढाथोकीकै कारण आफूले शिक्षा र साङ्गीतिक वातावरण पाएको बताए । उनले भने “मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो ।
म यसरी चिनिनु गायक बुढाथोकीकै देन हो । यो कथाले मेरो सङ्घर्ष देखाएर प्रेरणा पनि दिन्छ, र म जस्ता सडक बालकलाई सपना देखाउन तथा गन्तव्यमा पु¥याउन प्रेरित गर्छ ।”
बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्र ‘मन विनाको धन’ मा पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन । उक्त चलचित्र यही कात्तिक २१ गतेदेखि नेपालसँगै विदेशका केही स्थानमा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया