हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु
इसीमाना सम्वाददाता
२०८२ सावन २४ गते १२: ०३ मा प्रकाशित
216 पटक पढिएको
यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य 'ड्यामड्याम' को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।
जसो जसो जजमान, तसो तसो स्वाहा भन्दै श्राद्धब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै "सिस्नु पानीले हान्नु नम!" भन्न समेत परेका छैनन्।
रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो। व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । "नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो," उनी भन्छन्।
दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भिडियोमा दमन रुपाखेतीसँगै उत्तम अर्याल 'कोदे', मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।
निर्माता दिलिप ढकाल रहेको यस भिडियो सागर खड्काले खिचेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन् । आजै सार्वजनिक भएको भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।
वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
तपाईको प्रतिक्रिया