logo

चारमुद्धामा  दोषी ठहर पकाह मैनपुरका सहनी पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ असार १ गते ०८: ३९ मा प्रकाशित     257   पटक पढिएको

वीरगञ्ज । विभिन्न चार वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ३४ वर्षीय राजेश सहनी रहेका छन्। उनलाई वीरगञ्ज महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले जेठ २९ गते साँझ करिब ६ बजे सहनीलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक  हरि बहादुर बस्नेतले जानकारी दिए।


पर्सा जिल्ला अदालतको २०८१ असार ३० गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा उनलाई २ दिन कैद तथा ३ लाख ६० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

 

त्यसैगरी, काठमाडौं जिल्ला अदालतको २०८१ असार ९ गतेको फैसलाअनुसार अर्को बैंकिङ कसूर मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो।

 

यस्तै, चेक अनादरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा पर्सा जिल्ला अदालतले २०८१ मङ्सिर २५ गते र २०८० असार २६ गतेको फैसलामार्फत जनही १ हजार रुपैयाँका दरले जरिवाना सजाय तोकेको थियो।

 

पक्राउ परेका सहनीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.