वीरगञ्ज। भारतबाट भन्सार छली गरी चोरी पैठारी गरेर ल्याइएका कपडा तथा तरकारीसहित करिब ९ लाख ७६ हजार ८ सय ३० रुपैयाँ बराबरका मालबस्तु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका मंसीर ३ गते दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वागाउँस्थितबाट भन्सार छली चोरी पैठारी गरी भित्र्याइएका ९ लाख ५३ हजार ३ सय ४५ रुपैया बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरिएको हो ।
त्यस्तै, ४ गते बिहान दश बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक नजिकबाट भन्सार छली ल्याउँदै गरेको २३ हजार ४ सय ८५ रुपैया बराबरको तरकारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै गरी जम्मा ९ लाख ७६ हजार ८ सय ३० रुपैयाबराबरका मालबस्तुहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि शुक्रवार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
तपाईको प्रतिक्रिया