logo

थाई एयरवेजमार्फत काठमाडौं आएका भारतीय नागरिक १ किलो ६ सय ग्राम गाँजासहित पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ कार्तिक २२ गते ०५: २७ मा प्रकाशित     68   पटक पढिएको

काठमाडौं । थाइल्याण्डबाट काठमाडौं आएका एक भारतीय नागरिक लागूऔषध थाई गाँजासहित पक्राउ परेका छन्।

 

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले आइतवार थाई एयरवेजको उडान मार्फत थाइल्याण्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेबलाई पक्राउ गरेको हो।

 

ब्यूरोका अनुसार पक्राउ परेका उनको साथबाट १ किलो ६ सय ग्राम लागूऔषध थाई गाँजा बरामद गरिएको छ।

 

प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

 

थाइल्याण्डबाट नेपाल आएका यात्रुहरूको आपराधिक प्रोफाइलिङ गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले निगरानी गरी उनलाई पक्राउ गरेको ब्यूरोको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

पक्राउ परेका भारतीय नागरिकमाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सागढीबाट दुई थान सालको काठ र साइकल बेवारिसे अवस्थामा बरामद

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–८ रमौली टोलबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान सालको काठ र एउटा साइकल बरामद गरेको छ।

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.