वीरगंज । भंसार राजस्व छली र क्वारेन्टाइन नगराई नेपाल भित्र्याइएका भैँसीका १० वटा पाडालाई पोखरिया प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चोकबाट प्रहरीले १० वटा भैँसीका पाडासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको प्रहरीको टोलीले वीरगंज जादै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडी चेक जाँच गर्ने क्रममा पाडा बरामद गरेको हो।
प्रहरीले बोलेरो चालक कालिकामाई गाउँपालिका–५ निवासी ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी र धोबिनी गाउँपालिका–५ निवासी ५५ वर्षीय होडा देवानलाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका पाडा, सवारी साधन तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी निरिक्षक पौडेलले बताए ।
तपाईको प्रतिक्रिया