logo

कथित बोक्सी भन्दै जेष्ठ नागरिकलाई अमानवीय ब्यवहार गर्ने तीन महिला पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ जेठ ५ गते ०७: ४६ मा प्रकाशित     299   पटक पढिएको

वीरगंज । कथित बोक्सीको आरोप लगाई जेष्ठ महिला उपर अमानवीय कार्य गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा ३२ चोर्नी निवासी २८ वर्षिय पिंकी देवी,४४ वर्षिय पानमती देवी र ५४ वर्षिय शान्ति देवी धानुक रहेकी छिन ।

 

प्रहरीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरमा घुमफिर गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी हरिवहादुर बस्नेत ले  जानकारी दिए ।

 


आरोपीतहरुले वीरगंज महानगरपालिका वडा नं ३२ चोर्नी निवासी ७२ वर्षिय कोशिmिया अहिरीनलाई एकछिन काम छ भनी आफ्नो घर आँगनमा लगी अमानवीय ब्यवहार गरेका थिए ।

 

सोही ठाउँ बस्ने २८वर्षिय मुनती देवी लगायतले  आफूलाई भूत प्रेत  लगाई बिरामी बनाएको भनी गालीगलौज गर्नुका साथै चप्पलले कुटपीट गरेका थिए ।  

 

आरोपीतहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले  बोक्सीको आरोप  ( कसूर र सजाय ) ऐन,२०७२ अनुसार मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरेको छ । अनुसन्धानकालागि पर्सा जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.