वीरगंज । बैकीङ्ग कसुरका फरार प्रतिवादी पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं ११ का ४५ वर्षिय प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेर पर्सा जिल्ला अदालतमा बुझाएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बैंकिङ कसूरमा सम्मानित पर्सा जिल्ला अदालले ठाकुरलाई १ महिना कैद र ९ लाख २६ हजार रुपैया जरिवाना तोकेको छ ।
तपाईको प्रतिक्रिया