logo

रास्वपा साँसद साहको क्यासिनोमा प्रहरीको छापा,जुवा खेलेको आरोपमा छ नेपाली पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ चैत २६ गते ०१: ०९ मा प्रकाशित     626   पटक पढिएको

बीरगंज । राजस्वमारेर जम्मा गरेको पैसाको बलमा रास्वपाको टिकट लिएको आरोप लाग्दै आएका  नरेन्द्र साहको क्यासिनो भित्र जुवा खेलीरहेका नेपाली पक्राउ परेका छन । 

 

 रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित सीएमजी क्लब  क्यासिनोभित्र जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ परेका हुन ।  बुधबार राति जिल्ला प्रहरीकार्यालय रुपन्देहीबाट खटेको प्रहरी टोलीले क्यासिनोमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । 

 

क्यासिनोमा जुवा खेलाउने र खेलिरहेका नेपाली नागरिकलाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

 

प्रहरीका अनुसार जुवा खेलाउने कार्यमा संलग्न आरोपमा सर्लाहीको बरहथवा–८, का मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका–१५, का अजय केसी पक्राउ परेका छन् ।

 

जुवा खेलिरहेको अवस्थामा रुपन्देहीको बुटवल–१२, का गोविन्द शर्मा, बुटवल–९, का वासुदेव गौतम र कृष्ण गौतम, बुटवल–११, का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले बताए । 

 

उनका अनुसार क्यसिनोबाट २ लाख दुई १७ हजार ३ सय ९० नेपाली रुपैयाँ र ३ हजार ५ सय भारतीय रुपैयाँ नगद बरामद गरिएको थियो ।

 

यसबाहेक १ लाख २५ हजारका क्यासिनो क्वाइन, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र ७ गड्डी तास बरामद गरिएको चन्दले बताए । 

 

सीएमजी क्लव क्यासिनोका संचालक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नरेन्द्र साह कलवार हुन् । सर्लाही ३ बाट निर्वाचित सांसद कलवारका यी सहित ४ वटा क्यासिनो संचालित छन् ।

 

साहको सेन्ट्रल मिडिया प्रालिले क्यासिनो सिएमजी र त्यसमातहत चार ठाउँमा अदालतको अन्तरिम आदेशका भरमा क्यासिनो संचालन गरी दसौं करोड राजस्व छली गर्दैआएको छ ।

 

 साहले २०७१ साउन १५ गतेको अन्तरिम आदेशबाट होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो संचालन गर्दैआएका छन् ।

 

क्यासिनो नियमावली अनुसार दर्ता गरी संचालन गर्नुपर्ने क्यासिनोहरु उनले अदालतमा रिट हाली अन्तरिम आदेशका आधारमा संचालन गर्दैआएका छन् ।जसका कारण देशले पाउनुपर्ने बार्षिक करोडौं राजस्व गुमिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.