logo

वडा प्रहरी कार्यालय श्रीपुर नजिक झगडामा कालिकामाईका राउतको मृत्यु

 इसीमाना सम्वाददाता     २०८२ माघ २३ गते १२: ५२ मा प्रकाशित     286   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको श्रीपूर वडा प्रहरी कार्यालयबाट  करिब १०० मिटर दक्षिणतर्फ आपसी झगडाका क्रममा एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा पर्सा जिल्ला कालिकामाई गाउँपालिका वडा नम्बर–२ का स्थायी बासिन्दा तथा हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ मा बसोबास गर्दै आएका केपीचन्द राउत रहेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रहरीका अनुसार घटनास्थलमै राउत गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। घटनाको कारण र झगडामा संलग्न अन्य व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै अनुसन्धान जारी राखेको छ। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.