logo

भारतमा श्रम शोषणमा परेका मधेसका ७ जनाको सकुशल उद्धार, आफन्तलाई लगाइयो जिम्मा

 इसीमाना सम्वाददाता     २०८२ पौष १६ गते ०३: ०३ मा प्रकाशित     115   पटक पढिएको

जनकपुरधाम ।  भारतको बिहार राज्यका विभिन्न स्थानबाट मधेस प्रदेशका ७ जना बालबालिका तथा एक महिलाको उद्धार गरिएको छ।

 

उद्धार गरिएकामध्ये ५ जना बालक, १ जना बालिका र १ जना महिला रहेका छन्। उनीहरूलाई आज जनकपुरधामस्थित मधेस प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई आफन्तको जिम्मा लगाइएको छ ।

 

उद्धार गरिएकाहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १६ वर्षीय मो. अजिज मिया, सप्तरीकै शम्भुनाथ नगरपालिका–९ की १५ वर्षीया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर–२ का १४ वर्षीय निमेष माझी, धनुषाको केल्पुर–१ का १४ वर्षीय विष्णु सदा र सोही स्थानका १० वर्षीय सुरज सदा, सप्तरीको मनराजा–५ का ११ वर्षीय बचन कुमार सदा, तथा बाराको कलैया उपमहानगरपालिका–१४ की ३३ वर्षीया संगीता कुमारी जयसवाल रहेका छन्।

 

उनीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याई भीख माग्न लगाउने, श्रम शोषण गर्ने तथा भगाएर अन्यत्र लैजाने अवस्थाबाट उद्धार गरिएको हो। दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाको अगुवाइमा भारतीय प्रहरी र नेपाली दूतावासको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको र आफन्तको जिम्मा  लगाइएको उक्त संस्थाका निर्देशक नवीन जोशीले जानकारी दिए  । 

 

जोशीका अनुसार यसअघि पनि संस्थाले सयौँ जना बालबालिका तथा महिलाको उद्धार गरी अभिभावकको जिम्मा लगाइसकेको छ। उनले प्रलोभनमा परेर भारतका विभिन्न स्थानमा श्रम शोषण र मानव बेचबिखनमा परेका व्यक्तिहरूमध्ये सबैभन्दा बढी संख्या मधेस प्रदेशकै रहेको बताए ।

 

यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अभिभावक र प्रहरीसँगको समन्वयमा कानुनी कारबाही अघि बढाउने प्रयास भइरहेको पनि उनले  उल्लेख गरे ।

 

अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियाले कुनै पनि बालबालिका वा आफन्त हराएको जानकारी पाउनासाथ नजिकको प्रहरी चौकीमा तुरुन्त जानकारी गराउन आग्रह गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.