logo

वीरगन्जमा ११ हजारभन्दा बढी प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट बरामद

 इसीमाना सम्बाददाता     २०८२ पौष १० गते ०३: ४१ मा प्रकाशित     282   पटक पढिएको

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।

 

 सशस्त्र प्रहरी बलको विशेष टोलीले वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वा क्षेत्रको पोखरीको डिलबाट बेवारिसे अवस्थामा फेला परेको प्लास्टिकको बोराभित्र रहेको ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको हो।

 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा वीरगन्जबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको बोरा जाँच गर्दा ७ सय ३८ पत्तामा राखिएका नाइट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।


बरामद गरिएको लागुऔषध भारतबाट तस्करी गरी नेपाल भित्र्याउने क्रममा सुरक्षाकर्मीलाई देखेपछि तस्करहरूले फालेर फरार भएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान छ।

 

बरामद नाइट्राभेट ट्याब्लेट आवश्यक कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको प्रवक्ता योञ्जनले बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.