logo

वीरगञ्जमा ४५ ग्राम खैरो हिरोइनसहित चार  जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ पौष ४ गते ०६: २७ मा प्रकाशित     279   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

 

विशेष सूचनाको आधारमा शुक्रवार  दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

 

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई रोकी शरीर तलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

 

तलासीका क्रममा वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने करिब ३० वर्षीय शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीमा कागजले बेरिएको प्लास्टिकसहित ४५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।

 

बरामद लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने करिब ३० वर्षीय शम्भु राउत कम्कर, वीरगञ्ज महानगरपालिका–१६ बस्ने करिब १९ वर्षीय चन्दन कुमार पण्डित, पर्सा बहुदरमाई नगरपालिका–१ बस्ने करिब ४० वर्षीय राज किशोर मिश्र तथा भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं. ६ बस्ने करिब २७ वर्षीय सचिन सिंह रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.