वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा प्रहरीले पिकअप गाडीसहित १७६ किलोग्राम गाँजा बरामद गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।
उनका अनुसार सोमबार जिल्ला प्रहरी चौकी स्रिसियाबाट खटिएको प्रहरी टोलीले स्रिसियाबाट अलौतर्फ कोनिया जाने क्रममा परालले छोपेर लैजाँदै गरिएको अवस्थामा बा २१ च ७८५५ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो।
उक्त पिकअप गाडीबाट १७६ किलो गाँजा बरामद गरिएको र गाडीसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया