logo

छुट जग्गा दर्ता मिलाइदिने नाममा १ लाख घुस लिँदालिँदै पक्राउ परेका सर्भेक्षक राउत  र सहयोगी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २६ गते ०८: ०४ मा प्रकाशित     452   पटक पढिएको

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)  बमोजिम भ्रष्टाचारको कसुर गरेकोमा  उनीहरूविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बराबर जरिवाना माग दाबी सहितको आरोपपत्र अख्तियारले दायर गरेको हो।

 

मङ्सिर २ गते छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले दुवैजनालाई वीरगन्जमै रंगेहात पक्रेको थियो।

 

अनुसन्धानमा सर्भेक्षक राउत र सहयोगी उपाध्यायले आपसी मिलेमतोमा वीरगन्ज महानगरपालिका–२५ को कित्ता नं. ५५, क्षेत्रफल ०.०६४ वर्गमिटर जग्गा छुट दर्ता गरिदिने नाममा घुस मागेको पुष्टि भएको अख्तियारले जनाएको छ।

 

अख्तियारका अनुसार पर्याप्त प्रमाण भेटिएपछि आज काठमाडौँस्थित विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.