महोत्तरी । महोत्तरीको हलखोरी क्षेत्रमा सशस्त्र प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा एक भारतीय नागरिक अवैध हतियारसहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी चोकमा रोखिएको होन्डा साइन मोटरसाइकलको सिटमुनि लुकाइएको एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली फेला परेपछि चालकलाई नियन्त्रणमा लिइएको हो।
खोजतलासका क्रममा हतियार भेटिएपछि चालकलाई तत्काल पक्राउ गरिएको अधिकारीले जानकारी दिए।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सीतामढी जिल्लास्थित पटदौरा ग्राम पञ्चायतका २६ वर्षीय सरोजकुमार कुर्मी भएको प्रहरीले जनाएको छ।
कुर्मीलाई प्रारम्भिक बयान लिएपछि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया