पर्सा । पर्सामा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको गाँजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीहरूले दुई स्थानबाट लागुऔषध ओसार–पसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
१०४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
सोमवार दिउँसो करिब ३. बजे, पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
गाँजा ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो
चेकजाँचका क्रममा जीतपुरबाट रंगपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको मारुती सुजुकी कार रोकी अनुसन्धान गर्दा प्लास्टिकमा बेरि कारको भित्री भागमा १० पोकामा लुकाइ राखिएको १०४ किलो ३२५ ग्राम गाँजा बारमद गरेको प्रहरीले जनाएको छ।
गाँजा सहित कुमार स्याङ्ताङ (मकवानपुरगढी–३, मकवानपुर) र भीम स्याङ्ताङ (भीमफेदी–८, मकवानपुर) पक्राउ परेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजु कार्कीले जनाएका छन । प्रहरीले मारुती सुजुकी कार समेत नियन्त्रणमा लिएको छ ।
१० किलो चरेशसहित एक जना पक्राउ
त्यसैगरी बुधवार बिहान करिब १० बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १५ प्रतिमा चोकस्थित सडकखण्डमा गस्तीमा रहेको प्रहरी टोलीले एक व्यक्तिलाई संकास्पदरूपमा रोकी खानतलासी गर्दा कालो ब्यागभित्र प्लास्टिकमा बेरिएको १० किलो चरेश फेला पारेको छ।
गाँजा बोकी हिडेका पर्साको धोविनी गाउँपालिका वडा नं ५ का ४८ वर्षिय सम्ुल मियालाई प्रहरीले त्रफाउ गरेको छ ।
उनलाई बरामद चरेशसहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया