वीरगञ्ज, । पर्सा प्रहरीले अवैध रूपमा ठूलो रकम बोकेर नेपाल प्रवेश गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको वडा नं. १६ रजतजयन्ती चौक नजिक ति ब्यक्तिलाई १० लाख नेपाली रुपैयाँ सहित पक्राउ गरेको हो ।
प्रदेश २–०२–००६ प १८७० नम्बरको मोटरसाइकलमा सवार भारत बिहार मोतिहारीका ५२ वर्षिय सुन्दर साहले ल्याएको रुपैयाँ प्रहरीले बरामद गरेको हो। मोटरसाइकलको फिल्टरबक्स भित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा रकम भेटिएको प्रहरीको भनाइ छ।
जसअनुसार, २ हजार दरका ३० वटा नोट, १ हजार दरका ८० वटा नोट, ५०० दरका २ सय ८६ वटा नोट गरी जम्मा १० लाख ६ हजार बरामद गरिएको पर्सा प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका साहलाई मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु कार्कीका अनुसार बरामद रकमको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।
तपाईको प्रतिक्रिया