logo

पर्सा–पकाहामैनपुरमा १५ लाख रुपैयाँसहित पटेल पक्राउ,हुण्डी कारोबारको सञ्जालको संकेत

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ८ गते ०३: ४४ मा प्रकाशित     98   पटक पढिएको

वीरगंज ।  प्रहरीले पर्सा–पकाहामैनपुर गाउँपालिका–१ धोरे चेकप्वाइन्टमा श्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति ३४ वर्षीय अवधेश पटेल हुन्।

 

सीमा क्षेत्रमा अवैध रकम र हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयासलाई मध्यनजर गर्दै प्रहरीले चलाएको अप्रेशनमा पटेल पक्राउ परेका हुन । 

 

मंसिर ७ गते दिउँसो २.३० बजे भारतबाट आउँदै गरेको बिआर २२ एएफ४१२६ नम्बरको मोटरसाइकललाई रोकेर तलासी गर्दा मोटरसाइकलको लेगगार्डमा राखिएको झोलाभित्र रकम फेला परेको थियो। झोलामा “पंकज मसला” लेखिएको थियो र यसलाई कालो प्लास्टिकमा बेरिएको अवस्थामा लुकाइएको थियो।

 

झोलाबाट १ हजार नोटका ७ सय ९० थान ५ सय दरका नोट १३०१, १ सय दरका ५६९ थान नोट  ५० दरका ५० थान र २० का ५ थान नोट बरामद भएको छ । सबै नोटको कुल रकम १५ लाख रुयैया बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले बताए । 


प्रहरीका अनुसार अवधेश पटेलले रकमको श्रोतबारे प्रष्ट जानकारी दिन सकेनन्। प्रारम्भिक अनुसन्धानले यसलाई हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेको छ। नेपाल–भारत सीमामा अवैध रकम ओसारपसार गर्ने सञ्जाल प्रायः मोटरसाइकल, सानो गाडी र पैदल माध्यमबाट सञ्चालन हुने गरेको बताइन्छ।


बरामद रकम र मोटरसाइकलसहित अवधेश पटेललाई मुलुकी अपराध संहिता २०७४, दफा १२५)क) अनुसार मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। उक्त दफाले हुण्डी कारोबार निषेध गरेको छ र यसअन्तर्गत दोषी ठहर भएमा कारबाही हुने व्यवस्था छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु

बीरगंज। बिरगंज महानगरपालिका–१६, रक्सौल–बिरगंज मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहले २२औँ दिनको सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु गरेका छन्।

निचुटामा जेहेन्दार ३० विद्यार्थीलाई झोला वितरण, वडाध्यक्ष मुखियाले गरे प्रेरणादायी घोषणा

पर्सा । पटेर्वा सुगौली गाउँपालिका–५ निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ३० जेहन्दार बिद्यार्थीलाई झोला उपलब्ध गराइएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.