एआई जेनरेटेड तस्विर
सिराहा । लहान नगरपालिका–१ ट्राफिक चोकबाट करिब १ किलो ४ सय ५० ग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभाका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाका २२ वर्षीय खेम राना मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ख ३२८९ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
कको चालक क्याबिन पछाडि फल्स बटम बनाएर ३१ बोरा गाँजा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया