logo

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८२ भदौ २३ गते ०५: २१ मा प्रकाशित     1017   पटक पढिएको

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ । 

 

भारतको बिहार राज्यको बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनी उपर गोली प्रहार गरेका हुन । उनलाई वीरगञ्ज भन्सार क्षेत्रमा गोली प्रहार गएिको प्रहरीले जनाएको छ ।

 

नेपाल–भारत सीमा नजिकको वीरगञ्ज भन्सार क्षेत्रमै उनीमाथि गोली प्रहार भएको प्रारम्भिक जानकारी सशस्त्र प्रहरी पर्साले दिएको छ। निशा कुमारी गोलु सहनीकी छोरी हुन्।

 

घटनापछि घाइते निशालाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरियो। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ र उपचार जारी छ।

 

गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

 

 प्रारम्भिक अनुसन्धानमा गोली प्रहारको कारण स्पष्ट नभए पनि सुरक्षाकर्मीले घटनाको गम्भीरता अनुसार अनुसन्धान गरिरहेको जनाइएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.