logo

३ पत्रकार सहित ५ जना बिरुद्ध अख्तियारद्वारा बिशेष अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०८२ जेठ २६ गते ०८: २१ मा प्रकाशित     1390   पटक पढिएको

काठमाडौं । विज्ञापन प्रकाशन नगरी झुटा विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा ३ पत्रकार सहित ५ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर भएको छ ।

 

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बगाले र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवसहित पालिकाका तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ताले जनाएका छन ।


रौतहटको फतुवा विजयपुर नगरपालिका ४ स्थित कृषकलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको आरोपमा उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

 

 ट्यांकी खरिदका लागि आह्वान गरिएको बोलपत्र सूचना पत्रिकामा प्रकाशित गरेको देखाएर पत्रकार र कर्मचारीको मिलेमतोमा सूचनानै प्रकाशित नगरी रकम भुक्तानी लिएको खुलेको हो।

भुक्तानीका लागि काटिएको चेकमा उल्लेख भएको नामसमेत केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने कार्य गरेको अख्तियारले फेला पारेको थियो ।

प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी १ लाख ७२ हजार ८ सय २५ रुपैयाँ जनसवाल राष्ट्रिय दैनिकलाई र ३९ हजार ४ सय तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २ सय २५ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.