logo

सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई नियन्त्रण गर्न गृहमन्त्री लेखकको सुरक्षा निकायलाई कडा निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ जेठ ९ गते ०७: २५ मा प्रकाशित     536   पटक पढिएको

जनकपुरधाम ।  गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशको सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई कडाईकासाथ नियन्त्रण गर्न मधेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन ।


उनले सीमा सुरक्षा अवैध चोरी निकासी भंसार राजस्व छली नियन्त्रणलाई चुनौतीका रुपमा औल्याएका छन ।

मन्त्री लेखकले जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा  सीमा सुरक्षामा सरकारले गम्भीरतामा जोड दिएको बताए । उनले सुरक्षा निकायलाई लागूऔषध नियन्त्रणका लागि कडा निर्देशन दिए । 

गृहमन्त्री लेखकले लागूऔषध दुर्व्यसनले सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध जस्ता घटनाहरू बढाएको बताए । ‘लागूऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन्छ।

 

 यसले मानिसलाई डिप्रेसनमा पुर्‍याउँछ र आत्महत्या गर्न बाध्य बनाउँछ। परिवारमा तनाव बढ्छ, र कहिलेकाहीँ यसले परिवारका सदस्यको ज्यानै समेत लिन सक्छ।


मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायलाई  गम्भीरतापूर्वक लाग्नु उनले निर्देशन दिए । 

 

लागूऔषध सेवन गरेर डिजिटल प्लेटफर्ममा घृणात्मक अभिव्यक्ति लेख्दा साइबर अपराध हुन्छ,’ लेखकले यी सामाजिक समस्याहरू एकअर्कासँग जोडिएको बताउँदै लागूऔषध नियन्त्रण नै यी सबै समस्याको समाधानको मूल जड रहेकोमा जोड दिए ।


कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रहरी प्रशासन चलाउने अधिकार प्रदेशलाई दिनुपर्ने जोडदार माग गरे ।

 

 उनले केन्द्रले प्रहरी खटाउने तर त्यसको जवाफदेहिता प्रदेशसँग माग्नु अन्यायपूर्ण हुने तर्क गरे । मन्त्री लेखीले संघले विनियोजन गरेको बजेट अपुग भएको बताउँदै बजेट खर्च गर्न नसक्ने प्रदेशका मन्त्रालयहरूको बजेट कटौती गरेर खर्च गर्न सक्ने मन्त्रालयहरूलाई विनियोजन गर्नुपर्ने माग राखे ।

 

गोष्ठीको अध्यक्षता मधेश प्रदेशका मन्त्री राजकुमार लेखीले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री सतीशकुमार सिंह, गृह सचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रमुखहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। मधेश प्रदेशका आठवटै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू पनि उपस्थित थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.