logo

पर्साका पटेर्वा सुगौली र जिराभवानी बिरुद्ध अख्तियारमा  शुून्य उजुरी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ९ गते ०५: ०८ मा प्रकाशित     423   पटक पढिएको
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षमा पर्साको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको बिरुद्ध उजुरी परेको छैन । पर्साका अन्य स्थानीय तहका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरीको चाङ नै छ । यस्तो पटेर्वा सुगौली र जिराभवानी बिरुद्ध उजुरी नपर्नुलाई सुखद नै मान्नुपर्छ ।
 
 
स्थानीय तहमा सार्वजनीक खरिद प्रक्रिया र पूर्वाधार निर्माणको बिषयमा धेरै उजुरी पर्ने प्रवृति रहेको छ । पूर्वाधार निर्माणमा इष्टिमेटमै चलखेल गर्ने गरेको भन्दै अनेकौ उजुरी पर्ने गरेका छन । उपभोक्त समितिको काम ठेकेदार मार्फत गराउने प्रवृति बिरुद्ध पनि उजुरी परेका हुन्छन ।
 
उपभोक्ताका नाममा योजना लिने र ठेकेदार मार्फत काम गराउने कुरा त सबैभन्दा धेरै हुने गरेकोमा पटेर्वा सúौली र जिराभवानीमा यस्ता समस्या छन भने कुनै उजुरी नपर्नुलाई सकारात्मक रुपमा लिइएको छ । 
 
 यसो त पर्साका  १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरका कामकारबाहीका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् । 
 
आयोगका हेटौँडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १ सय ४१ उजुरी परेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरका परेको जानकारी दिए ।
 
यस वर्षको १० महिना भित्र बीरगंज महानगरपालिकाको कामका बिषयमा यति धेरै उजुरी परेको हो । अख्तियारको दुरुपयोग गरि अनियमितता गरेको आरोपमा उजुरी परेको आयोगको हेटौडा कार्यालयले जनाएको छ । 
 
यस वर्षको  वैशाख महिनाको अन्तिम सम्म छिपरमाई गाउँपालिका बिरुद्ध  १ सय ४ उजुरी परेका छन् । यस्तै, बहुदरमाईमा २३, पोखरियामा २९, कालिकामाईमा ६, पकाहाँमैनपुरमा १७, जगरनाथपुरमा ४, धोबिनीमा १०, विन्दावासिनीमा ८, पर्सागढीमा ४, सखुवाप्रसौनी र ठोरी गाउँपालिकाका ३÷३ वटा उजुरी परेका छन् । चालु आर्थिक वर्षको १० महिनामा जिल्लाका स्थानीय तहसम्बन्धी ३ सय ५२ वटा उजुरी परेका छन् जबकि गत आर्थिक वर्षको यही अवधीमा उजुरीको संख्या  १ सय ७२ थियो । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वीरगञ्ज महानगर बिरुद्ध परेको १ सय २ उजुरी फछ्र्यौट गरेको छ । यस्तै, छिपरमाइ गाउ्रँँपालिका बिरुद्ध परेको  उजुरी मध्य ५७ वटा र बहुदरमाई बिरुद्धका ९ वटा उजरी फछ्र्यौट भएका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.