logo

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८२ जेठ २ गते ०७: ३७ मा प्रकाशित     1039   पटक पढिएको

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।

 

कार्यक्रमको उद्देश्य मृत्यु पश्चात् आँखादानको महत्वबारे जनमानसमा चेतना फैलाउनु रहेको छ। “कसैको अन्धकारमा उज्यालो बन्नुहोस्” भन्ने सन्देश बोकेको यो अभियानले वीरगंजवासीलाई आँखादानजस्तो महान कार्यप्रति प्रेरित गरिरहेको छ।

 

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आँखादानजस्तो मानवीय कार्यमा महानगरको साथ रहेको उल्लेख गर्दै भने, आँखादान केवल एक सामाजिक कार्य होइन, यो मानवीय कर्तव्य हो।

 

हामी सबै मिलेर यस्तो अभियानलाई सफल बनाउनु पर्छ, ताकि मृत्युपछि पनि हाम्रो योगदानका कारण कसैको जीवन उज्यालो बनोस। प्रमुख सिंहले वीरगंज महानगरपालिका सदैव यस्ता जनहितका प्रयासमा अगाडि रहने बताए । 


वीरगंज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आज आँखा दान सम्बन्धमा जनमानसमा रहेका भ्रम तथा यथार्थका बारेमा जानकारी दिइएको थियो ।

आयोजक संस्था तेरापंथ युवक परिषद् वीरगंजका अनुसार, आँखादानको विषयमा अझै पनि समाजमा पर्याप्त जानकारीको अभाव रहेको छ ।  

 

अभियानले  नागरिकहरूलाई आँखादानको प्रक्रियाबारे सही जानकारी दिनुका साथै, मृत्युपछि कसरी आफ्ना आँखा कसैको जीवनमा प्रकाश बन्न सक्छ भन्नेबारे जागरूक गराउने काम भइरहेको छ ।

कार्यक्रममा  राजु वैदले परिषद्ले सेवा, संस्कार र संगठनको त्रिआयामीक उद्देश्यसहित कार्य गरिरहेको भन्दै आँखा दान कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

 

कार्यक्रममा उद्योगी अशोक वैद, महानगरपालिकाका जनप्रतिनिधि  विभिन्न शाखा महाशाखाका प्रतिनिधि,  समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


आयोजकहरूका अनुसार यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिइनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.