logo

(सन्दर्भ कोभिड १९ महामारी) “ मेरो जनप्रतिनिधीलाई मेरो सुझाव ”

      8/9/2020 गते 00 00 मा प्रकाशित     2166   पटक पढिएको

सन्तोष श्रेष्ठ

देशमा लकडाउ खुले संगै बिशेषत बिरगंजमा केन्द्रित हुँदै कोरोनाको महामारी युद्व स्तरमा फैलिएको हामी सवैलाई थाहा भएकै कुरा हो ।

बिरगंजमा कोरोना समुदाय स्तरमा फैलिनु भनेको ठोरी गापामा पनि जोखिम बढ्नु हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । किनभने हाम्रो बिरगंज संग भौगोलिक दुरी पनि कम रहेको र सदरमुकाम पनि भएको हुँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बिरगंजको सम्पर्कमा हामी छौँ । अव, बिरगंजवाट बिस्तारै गाउँमा समेत प्रवेश गरेको अवस्था छ ।

तसर्थ हाम्रा जनप्रतिनिधीहरु भनेको हाम्रा अभिभावक हुन् । घरमा अाउने बिपत्तिको संकेत हामीले पाईसकेको हुँदा पूर्वतयारी तथा भैपरी आएमा कसरी सामान्यीकरण गर्ने, मानसिक तथा भौतिक रुपामा पूर्णतयारी अवस्थामा हुनुपर्छ ।

सरकारको दाइत्व के ? नागरिकको दाइत्व के ? बिपतमा हामी कसरी प्रस्तुत हुने ? एक अर्कालाई कसरी सहयोग गर्ने भनेर तयारी अवस्थामा रहनु पर्छ । यो समयको सक्दो सदुपयोग गरेर आवश्यक छलफल, राय सल्लाह बिज्ञहरु संग परामर्श गरेर तयारी अवस्थामा बस्न सक्नु असल नेतृत्वको बुद्विमता हो । मेरो बिचारमा संम्भावित महामारी कोभिड-१९ बाट बच्न मेरो जनप्रतिनिधिलाई मेरो २५ बुदे सुझाव प्रस्तुत गरेको छु । सुझाव उपयुक्त लागेमा बढ्दो महामारीलाई ख्याल गर्दै छिटो भन्दा छलफल चलाई कार्यान्वयन गर्नु होला ।

१. सर्वप्रथम सर्वदलिय, सर्वपक्षिय भेला गरी सवैको रायसल्लाह लिने ।

२. गाउँपालिका स्तरीय कोरोना जोखिम तथा नियन्त्रण समिति गठन गरी वडा र टोल स्तरमा समेत समिती गठन गरी भोलिका दिनमा आउने बिपत्तिमा कुनै टोललाई सिल गर्नु परे वा आवश्यक स्वास्थ्थ सेवा लिनु दिनु परेको खण्डमा यो समिति प्रभावकारी हुनेछ ।

३. आवश्यक स्वास्थ्य सामाग्री, एम्वुलेन्स, स्वस्थ्थकर्मी तथा सुरक्षाकर्मीलाई तयारी हालतमा राख्ने ।

४. तत्काल कोरोना संक्रमित देखिएमा बिरगंजमा आइसोलेसन वार्डको अभाव छ, त्यस्तो अवस्थामा कसरी ठोरीका नागरिकलाई बैकल्पिक स्वास्थ्थ सुविधा दिने भन्नेमा आवश्यक योजना बनाउने ।

५. ठोरी गापालाई चारै तर्फवाट घेरा बन्दी गरि कोरोना संक्रमित क्षेत्रमा जान निषेध गर्ने कोराना क्षेत्रवाट आउँदा अथवा बाहिरवाट आउदा अनिवार्य क्वाराइन्चाइमा बस्नुपर्ने नत्र पिसीआर चेक रिपोर्ट देखाएर मात्र प्रवेश अनुमति दिने ब्यवस्था गर्ने सर्वपक्षिय बैकठमा छलफल गरि निर्णय गर्ने ।

६. कोरोनाको प्रकोप बढेमा एक घर एक पिसिआर चेकको ब्यवस्था गर्न आवश्यक ब्यवस्थाको पहिल्यै तयारी अवस्थामा बस्ने ।

७. निषेधआज्ञालाई अझ प्रभाकारी बनाउन गाउँ / गाउँ, टोल/टोलमा छलफल गरी स्वयंलाई जिम्मेवारी वोध गराउन जनप्रतिनीधीहरु परिचालित हुने ।

८. ठोरी गापामा प्रवेश भएका ब्यक्तिहरुको सम्पुर्णको विवरण सगत राख्ने ।

९. कोरोना उद्वार तथा स्वास्थ्य निगरानी र्‍यापिड टीम गठन गरी उपचार ब्यवस्था तथा हस्पिटल सम्म लैजाने ब्यवस्थापन टीम गठन गरी उद्वार टीमको मोवाईल नम्वर प्रत्येक टोल समितिलाई तथा सर्वसाधरणलाई उपलव्ध गराउने ।

१०. यदि उपचार गर्दा गर्दा पनि कोरोनावाट मृत्यु भएको खण्डमा गाउँपालिकाले मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप निश्चित रकम उपलब्ध गराउने घोषणा गर्ने र गापाले कोरोना सम्वन्धी बिमा गर्न नागरिकहरुलाई जनस्तर देखि नै अभिप्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्ने ।

११. कोरोनावाट टुहुरा भएका तथा बेसाहारा भएका परिवारहरुको लागि ठोरी गापाले राहत कोषको स्थापना गरी सहयोगको लागि नागरिक तथा संघ संस्थालाई अाहवान गर्ने ।

१२. कोरोना लागेकालाई समाजमा अपहेलाको दृष्टिले हेर्ने र स्वयं कोरोना लागेका ब्यक्ति पनि अत्यन्त भयभित हुने हुनाले समाजका लागि सामाजिक संजालहरुको प्रयोग गरी जनचेतनमुलक कार्यक्रम संचालन गर्ने ।

१३. ठोरीका नागरिकलाई “मलाई कसैले नहेरे पनि मेरो पछाडी मेरो स्थानीय सरकार छ “ भन्ने आभास दिलाउने कार्यक्रम गापाले ल्याउने ।

१४. ठोरीका जनतामा कोरोना देखा परे गापा भित्रै ढुक्क संग बस्न सक्ने सामुदायिक आइसोलेसन सेन्टरको ब्यबस्था गर्ने ।

१५. विश्व महामारीको यो संकटको घडीमा ठोरीको युवाहरु संग भोलेण्टियर( स्वयंसेवक) बन्न इच्छुकका लागि आह्वान गर्ने । जसले गर्दा बिपतको वेलामा सहयोग गर्न सजिलो र प्रभावकारी हुन्छ ।

१६. ठोरी प्रवेश गर्ने नाकाहरुमा ससस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरि निषेध आज्ञा अन्त्यन्त प्रभावकारी बनाउने ।

१७. सामाजिक संजाल र मिडिया मार्फत गाउँपालिकाका कोभिड १९ बिरुद्धका कार्यक्रमहरु सम्पुर्ण ठोरी बासीलाई अवगत गराउने ।

१८. ठोरी गाउँपालिकाको प्रत्येक चोक चौतारामा सचेत नागरिकले गर्नु पर्ने काम कर्तब्यको “नागरिक आचार संहिता” बनाई बोर्ड राख्ने ।

१९. चोक चौतारामा समुहिक भेला, बैठक, सवारीसाधनमा रोक, बिना मास्क हिड्न, डुल्न कडाइका साथ नियन्त्रण गर्ने गराउने ।

२०. गाउँ/टोलमा नयॉ कुनै ब्यक्ति सुरक्षा निकायको आंखा छली प्रवेश गरेमा त्यस्तो ब्यक्तिको सुचना दिनेलाई पुरस्कृत गर्ने र त्यस्ता ब्यक्तिलाई तुरुन्तै क्वारेन्टाइनमा लैजाने ब्यवस्था गर्ने ।

२१. कोरोना सम्वन्धी कुनै पनि नियम बनाउदा सम्पुर्ण जनताहरुले आत्मासाथ गर्नु पर्ने हुँदा कोरोना सम्वन्धी हरेक नियम कानुन सर्वपक्षिय/सर्वदलिय भेला गरि अनुमोदन तथा निष्कर्षमा पुगेर मात्र लागु गर्नुपर्छ ।

२२. विश्व महामारी कोभिड १९ को भावी पुस्ताहरुलाई संम्झना र ठोरी गाउँपालिका, ठोरी नागरिक समाज, चितवन ठोरी समन्वय समाज तथा अन्य संघ संस्थाले कोभिड १९ मा खेलेको मानविय सेवाको भूमिका सम्वन्धी झल्कने तथा कोरोनाका कारण ठोरी गापाका नागरिक मृत्यु भएमा महामारी ज्यान जानेहरुको सालिक सहितको “ठोरी कोभिड-१९ स्मार्क” उपयुक्त स्थानमा निर्माण गाउँपालिकाले गर्नु पर्दछ ।

२३. आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिदेशमा भएका ठोरी गापाका नागरिकहरुलाई टिकट काटेर नेपाल आउन समस्या भएमा गापाले त्यस्ता नागरिकलाई उद्दार गर्नु पर्दछ ।

२४. कोभिड-१९ मा खट्ने स्वास्थ्थकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई प्रोत्साहन स्वरुप भत्ताको ब्यवस्था गर्नुका साथै कोभिड-१९ मा सवैभन्दा राम्रो भूमिका खेल्ने कर्मचारीलाई “ कोभिड -१९ उत्कृष्ट सेवा पुरस्कार” दिइने घोषणा गरेर कर्मचारीको हौसला र आत्मवल बढाउने कार्यक्रम गर्नु पर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.