वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।
विद्यालयका साना नानीबाबुहरूले आफ्नो खाजा खर्चबाट जम्मा गरेको ४ हजार ६ सय ५० प्रधानमन्त्री राहत कोषमा प्रदान गरेका हुन्।
विपद्का बेला पीडित तथा प्रभावित नागरिकको सहयोगका लागि आफूले पाउने खाजा खर्चबाट रकम बचत गरेर सहयोग गरेको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको सानो उमेरमा देखिएको मानवीय भावना र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै उनीहरूको सहयोगले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको शिक्षक मोतीलाल चौधरीले बताए।
“सहयोगको हात ठूलो हुनुपर्दैन, मन ठूलो हुनुपर्छ” भन्ने भावनालाई विद्यार्थीहरूले व्यवहारमै देखाएका छन्।
तपाईको प्रतिक्रिया