logo

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

 इसीमाना सम्वाददाता     २०८३ भदौ २० गते ०७: ४६ मा प्रकाशित     107   पटक पढिएको

 तस्बिर  सुवर्णपुरमा हुलाकी सडक सरसफाइ गर्दै स्थानीयवासी।कार्की रन्जीतको फेसबुक वालबाट

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

 

सडक किनारमा बढेको झाडी तथा बुट्यान हटाउँदै स्थानीय महिला तथा पुरुषहरू सामूहिक रूपमा सरसफाइमा खटिएका हुन्। कुनै औपचारिक कार्यक्रम बिना स्थानीयहरू स्वस्फूर्त रूपमा सडक सफाइमा जुटेका हुन्।

May be an image of road and tree

स्थानीय शिक्षक रञ्जीत कार्कीका अनुसार शनिबार हुलाकी सडक सरसफाइ गरिएको छ भने भोलि ओरिया खोला पुलदेखि मकरडाँडातर्फ जाने सडकसमेत सरसफाइ गर्ने तयारी गरिएको छ।

 

सडक सरसफाइमा जुटेका स्थानीयले ठूला–ठूला कुरा र चिया गफमा समय बिताउनुभन्दा समाजमा प्रत्यक्ष देखिने साना–साना कामबाट सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देशसमेत दिएका छन्।

May be an image of road and grass

कार्कीले सामाजिक सञ्जालमार्फत “ठूला–ठूला चिया गफका कुराले भन्दा पनि साना–साना कार्य गरी गाउँ, समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ” भन्दै आ–आफ्नो टोल तथा समाजमा यस्ता रचनात्मक काममा जुट्नसमेत अपिल गरेका छन्।

 

स्थानीयको यस्तो पहलले सार्वजनिक सडक तथा पूर्वाधारको संरक्षणमा नागरिकको सहभागिता आवश्यक रहेको देखाएको छ।

 

 सरकारी निकायको मात्रै भर नपरी समुदाय आफैँ आफ्नो गाउँ–टोलको सरसफाइ र व्यवस्थापनमा अग्रसर हुँदा स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनीहरूको विश्वास छ।

May be an image of motorcycle and road

झाडी बढेका कारण सडकको किनार अव्यवस्थित देखिनुका साथै सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा समेत समस्या हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्थानीयले आफैँ सफाइ थालेका हुन्।

 


सडक किनारमा लामो समयदेखि उम्रिएको झाडीका कारण कतिपय स्थानमा सडकको दृश्यता कमजोर हुने, मोडमा विपरीत दिशाबाट आएका सवारीसाधन नदेखिने तथा पैदलयात्रुलाई समेत जोखिम हुने अवस्था देखिएको स्थानीयको भनाइ छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.