logo

छुट्टा छुट्टै घटनामा रामद्वयको ज्यान गयो, प्रहरी बिस्तृत अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८३ भदौ ९ गते ०३: ०० मा प्रकाशित     199   पटक पढिएको

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नं २०मा भूलन राम मृत अवस्थामा फेला परेका छन ।


अन्दाजी ४० वर्षका रामको महानगरपालिका–२० स्थित हरपतगन्ज सडकको कल्भर्टनजिक नहरमा सोमबार राति अन्दाजी ४० वर्षीय शव फेला परेको पर्सा प्रहरीले जनाएको छ।

 

पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार नहरमा शव देखिएपछि प्रहरीलाई सूचना प्राप्त भएको थियो।

No photo description available.

सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाई कानुनी प्रक्रिया अघि बढाएको छ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक भुलन राम सोही वडाका स्थानीय बासिन्दा हुन्।

 

यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

 

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले शव पोस्टमार्टम गर्न नारायणी अस्पताल पठाएको जनाएको छ।

 

पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

 

त्यस्तै पर्साको पटेर्वा सुगौलीको दुग्धेश्वर महादेवलाई जल चढाएर फर्किने क्रममा ट्रयाक्टरले किचेर १७ वर्षिय अकाश रामको ज्यान गएको छ ।

 

बाराको बिश्रामपुर गाउँपालिका वडा नं ५ इटियाही निवासी रामको चारभैया पोष्ट भन्दा २ किलो मिटर उत्तरमा ट्रयाक्टर दुर्घटनामा परि ज्यान गएको हो ।

 

ट्रयाक्टरका चालक मृतकका काका ट्रयाक्टर घर पुर्याएर फरार भएको बताइएको छ । घटनाको बिषयमा इलाका प्रहरी कार्यालयको टोली अनुसधन गरिरहेको  जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.