logo

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

 इसीमाना सम्वाददाता     २०८३ सावन ३० गते ०७: ३२ मा प्रकाशित     81   पटक पढिएको

 काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

 

शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले अन्तराष्ट्रिय स्तरबाट हासिल गरेको उपाधि, ज्ञान, अनुभव र सीपलाई देश सेवामा प्रयोग गर्न स्वदेश आएको बताएका छन् ।

 

डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए ।

 

उनका अनुसार ‘वर्ल्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई ७ वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए ।

 

डा.विष्टका अनुसार उनले एफसीसीए, एमए, स्वर्ण पदकसहित पीएचडी, बेलायतबाट एमएससी एकाउण्टिङ एण्ड फाइनान्स तथा अस्टे«लियाबाट मास्टर अफ अकाउण्टिङ गरी पाँचवटा एड्भान्स डिग्री हासिल गरेको जनाए ।

 

उनले ४ वटा ग्लोबल टाइटल समेत प्रप्त गरेको बताएका छन् । तीमध्ये स्नातकोत्तर तहमा सबैभन्दा धेरै शैक्षिक विश्व कीर्तिमान, सबैभन्दा धेरै सम्मानित चार्टर्ड एकाउन्टेन्ट(सिए) हासिल गरेको जनाए ।

 

त्यसैगरी सबैभन्दा उच्च शैक्षिक योग्यता भएको ज्योतिषी र सबैभन्दा धेरै शैक्षिक पुरस्कार प्राप्त व्यक्ति सम्बन्धी उपाधि रहेको उनको भनाई छ ।

 

डा. विष्टले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन र नेपाली युवालाई शिक्षा तथा अनुशासनका माध्यमबाट अघि बढ्न प्रेरित गर्न आफू प्रतिबद्ध रहेको बताए ।

“मेरो यात्रा, मेरा चार विश्व उपाधि, सात विश्व कीर्तिमान, पाँच एड्भान्सड डिग्री र नेपाल फर्किने निर्णयको उद्देश्य एउटै हो—नेपालको विकास र नेपाली युवाको प्रेरणा,” उनले बताए ।

 


आफूले अब नेपालमा मुख्य गरेर  अडिट तथा वित्तीय परामर्श, ज्योतिष सेवा, एआई अनुसन्धान तथा प्रविधि, मिडिया साझेदारी तथा ब्राण्ड एम्बेसेडर र पर्सन स्कीमा सर्भिस गरेर ५ क्षेत्रमा काम गर्ने मुख्य इच्छा रहेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.