बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।
चोरी भएका ति सामाग्री भने स्थानीयको घरबाट बरामद समेत भएको छ । छठघाटको चारिएका सामान बरामद भएका ब्यक्तिहरुलाई कारवाही गर्न स्थानीयले माँग गरेका छन ।
भगवानको स्थान निर्माणकालागि संकलन गरिएको समाग्रीको चोरी कानूनी धार्मिक रुपमा समेत दण्डनीय भएको भन्दै स्थानीयले कारवाहीको माँग गरेका हुन।
छठघाटबाट करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली चोरी भएको स्थानीयले बताएका छन्।
चोरी भएका बाँसमध्ये ९ वटा बाँस स्थानीय चौठीनारायण यादवको घरबाट बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।
साथै, चोरी भएको टाली लोकनारायण यादव, चौठीनारायण यादव र पृथ्वीनारायण यादवको घरमा राखिएको स्थानीयको दाबी छ।
घटनापछि स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिहरूमाथि कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।
तपाईको प्रतिक्रिया