logo

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

 इसीमाना सम्वाददाता     २०८३ असार १२ गते ०३: ४२ मा प्रकाशित     334   पटक पढिएको

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

 

गाउँसभाको आयोजना गरेर नीति तथा कार्यक्रम र बजेट प्रस्ुतत गर्न नसक्नेमा कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिका रहेका छन । 

 

समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन् ।

 

दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँसभा गरिसकेका छन्  । 


 जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि  १ अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको छ ।


त्यसैगरी, गौर नगरपालिकाको १८औँ नगरसभा आगामी आवका लागि ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । 

 


यस्तै, मौलापुर नगरपालिकाले पनि आफ्नो नगरसभामार्फत आगामी आव २०८३/८४ को लागि करिब  ४२ करोडको बजेट प्रस्तुत गरेको छ। मौलापुरले  ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ बिजुली र खानेपानी निःशुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई निरन्तरता दिएको छ । 


गढीमाई नगरपालिकाले  आव २०८३/८४ का लागि  ५९ करोड २२ लाख ५५ हजारको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ  ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ रु १८ करोड ३२ लाख आठ हजार रहेको बताए  ।

 

त्यसैगरी, बौधीमाई नगरपालिकाले ६३ करोड ९६ लाख चार हजारबराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ।

 

वृन्दावन नगरपालिकाले ६० करोड ९२ लाख २५ हजार ८८१ को बजेट प्रस्तुत गरेको छ ।  राजपुर नगरपालिकाले  ५० करोड २१ लाख ९३ हजारको बजेट पेश गरेको छ ।

 

माधव नारायण नगरपालिकाले  ५० करोड २९ लाख २० हजारको आयव्ययको बार्षिक अनुमान विवरण प्रस्तुत गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.