logo

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

 इसीमाना सम्बाददाता     २०८३ असार ६ गते ०६: २९ मा प्रकाशित     391   पटक पढिएको

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

 

उनको छातीमा, गर्दन, ड़ाढ, कम्मर, गर्दन  चोट  लागेको छ । उनको अहिले एल एस न्युरो अस्पतालमा  उपचार भइरहेको छ ।

 

उनले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपनि प्रहरीले कुनै एक्सन नलिएको भन्दै दुः ख ब्यक्त गरेका छन ।


वडा नं १४ मा सडक निर्माण सम्बन्धमा  छलफलकालागि आफूलाई बोलाएर कुटीट गरिएको पेलले बताएका छन । उनले आफूमाथिको आक्रमण नियोजित भएको बताएका छ ।  

 

वडा सचिव राजेश डंगोल कार्यवाहक अध्यक्ष देवकरण पटेलसंग कुरा गरिरहेको बेलामा आफूमाथि मुक्का प्रहार भएको पटेलले बताए ।उनले आफूलार्ई बिशाल पटेलले आक्रमण गरेको बताए ।

 

तर बिशाल पटेलले आफू नै घाइते भएर चिकित्सकको सल्लाहमा तीन महिनाकालागि रेस्टमा रहेको बताए । उनले भने मेरो लिगामेन्टमा समस्या देखिएको छ । 

 

उनले नारायणी अस्पतालमा उपचार गराएको बताए । उनले उपभोक्ता समिति मार्फत हुने काममा अनिल पटेलले अनधिकृत रुपमा हस्तक्षेप गर्न खोज्दा धकेला धकेल सम्म भएको बताए ।

 

उपभोक्ता समितिलाई चिठी दिने बिषयमा कार्यालयले आनाकानी गरेपछि समस्या पैदा भएको बिशालको भनाई छ ।

 

पटेलले आफूले पनि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको र कार्यालयले आवश्यक कारावहीकोलागि चिठी वडा प्रहरी कार्यालय श्रीपुरमा गएको आफूले जानकारी पाएको बताए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.